समाचार

चितवनका वीरेन्द्र महतोलाई ११ सय अमेरिकी डलरको अन्तर्राष्ट्रिय शिक्षा सेवा पुरस्कार

कारी महतो माडी नगरपालिका वडा नं. ३, रतनी धोबहास्थित आधारभूत विद्यालयका प्रधानाध्यापक वीरेन्द्र महतो अन्तर्राष्ट्रिय शिक्षा सेवा पुरस्कार-२०२२ बाट सम्मानित हुने भएका छन्।

कारी महतो

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले थारू बस्तीमा गलत नियतले धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको भन्दै यस विषयमा अनुसन्धान गर्न थारू आयोगलाई निर्देशन दिएको छ।

थारुवान संबाददाता

थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)ले आर्थिक सहयोगको अपील गरेको छ। थारु कोटासम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाका लागि आवश्यक रकम जुटाउन सभाले आर्थिक सहयोगको अपील गरेको हो।

थारुवान संबाददाता

काठमाडौंमा बस्ने थारुहरुले मंगलबार गुरही पर्व मनाउने भएका छन्। विभिन्न थारु संघसंस्थाको संयुक्त आयोजनामा भृकुटीमण्डपमा गुरही पर्व मनाउने निर्णय भएको बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सीताराम चौधरीले जानकारी दिए।

थारुवान संबाददाता

थारु पत्रकार संघ नेपालले रिक्त रहेको उपाध्यक्ष र केन्द्रीय सदस्य पदमा मनोनीत गरेको छ। शनिबार काठमाडौंमा बसेको संघ पूर्ण केन्द्रीय समिति बैठकले सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रेम चौधरी, कर्णाली प्रदेश उपाध्यक्षमा मानबहादुर पन्ना र गण्डकी प्रदेश उपाध्यक्षमा जीत नारायण थनेतलाई मनोनीत गरेको हो।

थारुवान संबाददाता

युरोपेली देश बेल्जियम फुटबलका लागि आकर्षणको केन्द्र मानिन्छ। त्यहाँ फुटबल खेल्ने जमातको कहिल्यै कमी हुँदैन। त्यही भीडमा नेपाली मूलका सदीप थनेतले कलिलै उमेरमा ख्याति कमाएका छन्। ‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै सदीपले उमेर समूहको खेलमा अब्बल प्रदर्शन गरेका छन्।

थारुवान संबाददाता

पूर्वमन्त्री एवं नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले समाज परिवर्तनका लागि अब खोज पत्रकारिता आवश्यकता रहेको बताएका छन्। थारू पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति पर्साले सञ्चालनमा ल्याएका थारुएक्स्प्रेस डटकमको उद्घाटन गर्दै उनले थारू समुदायमा देखा परेको विकृति, विसंगतिलाई चिर्न खोज पत्रकारिताको आवश्यकता रहेको बताए।

नागेन्द्र चौधरी

ठुम्रार साहित्यको बखेरीको ९१औं भाग आज बाचन गरिएको छ। राष्ट्रिय थारु कलाकार मञ्चको विशेष आयोजनामा काठमाडौंको सीसीआरसी कलेजमा आयोजना भएको शृंखलामा सहभागीहरुले साहित्यिक रचना बाचन गरेका थिए।

थारुवान संबाददाता

मदन चौधरी साढे दुई वर्षअघि थारू नयाँ वर्ष माघीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारूहरूसँग वाचा गरे– टीकापुर घटनामा केही साथीहरू छुटेका छन् । रेशम चौधरीलगायत छुट्न बाँकी छ, हेर्नुहोला केही समयभित्र छुटाइन्छ ।

मदन चौधरी

लक्ष्मी माली तथा डा कृष्णराज सर्वहारीको सम्पादनमा ‘थारू लोकसाहित्य’ प्रकाशित भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको यस पुस्तकमा थारू समुदायका विविध भाषिका अन्तर्गतको लोकसाहित्य समेटिएको छ।

थारुवान संबाददाता