समाचार
नविना चौधरीको परिवारलाई २० लाख क्षतिपूर्ति दिन सरकारसँग माग गर्ने सहमति
बर्दियाको मधुवनमा सोमबारदेखि वन्यजन्तु पीडितहरूले प्रदर्शनसँगै बन्द गरेको बजार खुलाइएको छ। गुलरिया, राजापुरसहित हुलाकी सडक खण्डको ओराली बजार बुधबारदेखि खुलाइएको हो। स्थानीय प्रदर्शनकारीले चक्काजाम र बन्दका कार्यक्रम पनि फिर्ता लिएका छन्।
थारुवान संबाददातागृहमन्त्री बालकृष्ण खाणले बर्दियामा भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएपछि त्यस घटनाको छानबिन गरेर दोषीलाई कारबाही गरिने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद बिमला विकले घटनाको बारेमा गृहमन्त्रीको जवाफ मागेपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
थारुवान संबाददातागृह मन्त्रालयले बर्दियाको मधुवन नगरपालिका-२ ओराली बजारमा सोमबार प्रहरीको गोलीबाट नविना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश