समाचार
भानुराम थारुको पार्टीले लगायो कैलालीका उम्मेदवारको टुंगो
नेपाल लोकतान्त्रिक पार्टीले कैलालीका पाँच वटै क्षेत्रमा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारको टुंगो लगाएको छ। रेशम चौधरीको क्षेत्रसमेत रहेको कैलाली १ मा प्रेम चौधरीको नाम टुंगो लगाएको छ। उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी घोषणा गरेकी छन्।
थारुवान संबाददातासुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ बहुमतले पारित गरेको छ। सोमबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए।
थारुवान संबाददाताछविलाल कोपिला अट्वारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अट्वारी भदौ महिनामा पर्छ । तर कुनैै साल असोजमा...
छविलाल कोपिलानेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई नदोहोर्याउने निर्णय गरेको छ। महामन्त्री गगन थापाले चार तहलाई गरेको परिपत्रमा समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न निर्देशन दिएका हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश