समाचार

टीकापुरमा रेशम चौधरीको पार्टी विजयी, रामलाल डंगौरा थारु मेयरमा निर्वाचित

कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ। हालै दर्ता भएको रेशम चौधरीले अगुवाइ गरेको पार्टीले स्थानीय तह चुनावमा जीत हासिल गरेको हो।

थारुवान संबाददाता

कांग्रेसका दुई थारु नेता रामजन चौधरी र जनकराज चौधरीको गृह पालिका जोशीपुरमा रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीले विजयी सुरुवात गरेको छ। गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्तिका चित्रबहादुर चौधरीले १ हजार ५३५ मतको अन्तरमा विजयी भएका छन्। उनले ४ हजार ९०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उनका...

थारुवान संबाददाता

सत्तासाझेदार गठबन्धनको कारबाहीमा परेका नेपाली कांग्रेसका उम्मेदवार राजसमझ चौधरी कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्। उनले गठबन्धनका आधिकारिक उम्मेदवार निर्वतमान गाउँपालिका अध्यक्ष माओवादीका लाजुराम चौधरीलाई ४ हजार बढीको मतान्तरले पराजित गरेका हुन्।

थारुवान संवाददाता

दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएको छ। मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी विजयी भएका हुन्। गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्मालाई पाँच हजार ३६० मतान्तरले पराजित गर्दै मेयरमा चौधरी पुनर्निर्वाचित भएका हुन्। चौधरीले ३१ हजार ७२८ मत र...

सन्तोष दहित

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेशकुमार चौधरी ५ हजार १४४ मतका साथ विजयी भएका छन्। उनी निकटतम प्रतिद्वन्द्वीसित १२ सय मत अन्तरले विजयी भएका हुन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशका उपसभाति एवं पूर्वराज्यमन्त्री जनकराज चौधरीको वडामा नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ। सो पार्टीका अनर चौधरी अत्यधिक मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन्। उनले कांग्रेस उम्मेदवारलाई २२६ मतान्तरले पराजित गर्दै ८०३ मत प्राप्त गरे।

थारुवान संबाददाता

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमती हरिजन विजयी भएका हुन् । अध्यक्ष पदमा निर्वाचित चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरे ।

थारुवान संबाददाता

बाँकेको डुडुवा गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा नरेन्द्र चौधरी निर्वाचित भएका छन्। अध्यक्ष पदमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

थारुवान संबाददाता

स्थानीय तह निर्वाचनमा हालसम्म थारु समुदायबाट एक महिलासहित २५ जना पालिका प्रमुखमा निर्वाचित भएका छन्। जसमध्ये कांग्रेसबाट १२, एमालेबाट ७, माओवादीबाट ३ र नागरिक उन्मुक्ति पार्टीबाट ३ जना निर्वाचित भएका छन्। त्यस्तै उपप्रमुखमा एक पुरुषसहित ३४ जना निर्वाचित भएका छन्।

थारुवान संबाददाता

पर्साको जिराभवानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेपाली कांग्रेसका ३२ वर्षीय अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी विजयी भएका हुन्।

थारुवान संबाददाता