समाचार

संगठन विस्तार र पार्टी प्रवेश गराउँदै नागरिक उन्मुक्ति पार्टी

स्थानीय चुनाव नजिकिदै गर्दा रेशम चौधरीले नेतृत्वको पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’मा विभिन्न दल परित्याग गर्नेहरु देखिएका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मनिष लामा, सोनाम घिसिङलगायत नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।

थारुवान संबाददाता

गाभर भ्याली होमस्टेमा चैत १२-१३ गते मौलिक भोजन मेला आयोजना हुने भएको छ। ‘रैथानलेमा भर, स्वास्थ्य जीवनको आधार’ नारासहित आयोजना हुने ‘मौलिक (रैथाने) खाना मेला’मा लुम्बिनी प्रदेशका विभिन्न जातजातिमा प्रचलित नाचको अवलोकनसमेत गर्न पाइने बताइएको छ। मौलिक खानाको स्वादसँगै महोत्सव अवलोकन गर्न आएका पाहुनालाई विभिन्न जातजातिमा प्रचलित नाच हेर्ने...

थारुवान संबाददाता

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशको लखिमपुर खिरीमा जन्मिएकी आरती राना ‘नारी शक्ति पुरस्कार’बाट सम्मानित भएकी छन्। सन् २०२० का लागि उनले उक्त पुरस्कार पाएकी हुन्। नारी दिवसको अवसरमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले उक्त पुरस्कार आरतीलाई प्रदान गरे।

थारुवान संबाददाता

तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को२५प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी

थारुवान संबाददाता

थारू पत्रकार संघ नेपाल चितवन शाखाको नयाँ कार्यसमिति चयनसँगै पद हस्तान्तरण गरिएको छ। नारायणगढस्थित होटल ह्याप्पी होममा बिहीबार आयोजित कार्यक्रममा सुमित्रा महतो नेतृत्वको पूर्व कार्यसमितिले नवनिर्वाचित दीपेश चौधरी नेतृत्वको कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो।

थारुवान संबाददाता

नेपाली कांग्रेसको ७७ वटै जिल्लामा नेतृत्व चयन भएको छ। पार्टीको १४औं महाधिवेशनअघि र पछि गरी दुई चरणमा जिल्ला अधिवेशन सम्पन्न भएको हो। जिल्ला अधिवेशनबाट आएको नतिजालाई हेर्दा सभापतिमा समावेशी देखिएको छैन।

थारुवान संबाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ।

थारुवान संबाददाता

स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयल‍े मंगलबार भर्नाका लागि विज्ञापन खुलाएको हो। नेपाली नागरिकले चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ।

थारुवान संबाददाता

पश्चिम तराईका थारू समुदाय (रानाथारू बाहेक) ले होलीमा नयाँ आगो बाल्ने चलन छ । गाउँको देउथानमा बालिएको आगो सबैका घरमा ल्याएर बाल्ने परम्परा रहेको छ । होलीको अघिल्लो साँझ सबैले आफ्ना घरका चुलाको पुरानो आगो निभाउने र नयाँ आगो बाल्ने चलन रहेको टीकापुर–१ का दिलबहादुर चौधरीले बताए ।

गणेश चौधरी

१८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका-७, गणेशपुरकी ती बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।

थारुवान संबाददाता