समाचार

एमाले निकट प्रेस चौतारीमा थारु समुदायबाट तीन जना निर्वाचित

प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । पोखरामा आइतबार सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनले बस्नेतको अध्यक्षतामा १७ पदाधिकारीसहित एक सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

थारुवान संबाददाता

लखागिन थारु उत्थान मञ्च वीरेन्द्रनगरको प्रथम साधारण सभासम्पन्न भएको छ । कार्यक्रममा सुर्खेतको संस्कृति सम्वन्धि अनुसन्धानमूलक लखागिन जर्नलको पहिलो अंक विमोचन गरिएको हाे । साधारण सभाबाट मञ्चमा नयाँ कार्य समितिसमेत चयन गरेको छ ।

थारुवान संबाददाता

थारु पत्रकार संघ चितवनको आज सम्पन्न भएको चौथो अधिवेशनमा चितवन शाखाका संस्थापक अध्यक्ष कारी महतो सम्मानित भएका छन्। चितवन जिल्ला शाखा स्थापना गरी लगातार दुई कार्यकालसम्म अध्यक्षको जिम्मेवारी पूरा गरेका महतोलाई अधिवेशनमा सम्मानित गरिएको हो।

थारुवान संबाददाता

इन्जिनियरहरुको साझा संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको ३३औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन शुक्रबार हुँदैछ। देशैभर एक साथ हुने निर्वाचनमा २१ हजार बढी मतदाता रहेका छन्।

थारूवान

कैलालीको कैलारी गाउँपालिकाले कार्य सम्पादन मूल्याङ्कनमा नेपालमै उत्कृष्ट पाँच पालिकाभित्र स्थान प्राप्त गर्न सफल भएको छ। थारु समुदायको बाहुल्यता रहेको सो गाउँपालिकाले ७६.४९ अंक प्राप्त गरेर कार्य सम्पादन मूल्याङ्कनमा नेपालमै उत्कृष्ट पाँच पालिकाभित्र स्थान प्राप्त गर्न सफल भएको हो।

थारुवान संबाददाता

सुशील जिन्दगी रहरके पोख्या हो, रहरके पंख लगाक स्थल, जल आकाश ओ अन्तरिक्षके यात्रा तय कर सेक्जाइठ। यहाँसम कि मनै रहरके पख्ना मेख्कक जोन्ह्या ओ मंगलग्रह सम गपुग्सेक्ल । सवसे झट्ट गतिम नेंगना चिज घामके करनीहन मानगिल बा । मुले केरनी सेफे हाली मन न्याँगठ कैगिल बा । जहाँ...

सुशील

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच विवाद बढ्दै जाँदा कुटाकुट भएको छ। उपाध्यक्ष चौधरीले विकास निर्माण र गाउँपालिकाको ८औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षसहित वडाअध्यक्षको समूहले हातपात गरेको आरोप लगाएकी छन्।

भूषण यादव

कैलालीको धनगढीमा संघीय सरकारले तीन करोडमा निर्माण गरेको थारु संग्रहालय प्रभावकारी रुपमा सञ्चालनमा बेवास्ता गरिएको छ। धनगढीमा संघीय सरकारको तीन करोड बजेटमा निर्माण गरेको थारु संग्रहालय प्रभावकारी रुपमा सञ्चालन गर्न उपमहानगरपालिकाले बेवास्ता गरेको हो।

रोशन भट्ट

थारू क्लस्टर माग गर्दै सर्वोच्चमा दायर रिटमध्ये ११ वटा विज्ञापनको परीक्षा सञ्चालनको बाटो खुलेको छ। छुट्टाछुट्टै रिटमा सर्वोच्चबाट यसअघि जारी भएका ‘अल्पकालीन आदेश निरन्तरता नहुने’ नदिने आदेश आइतबार जारी भएसँगै परीक्षाको बाटो खुलेको हो।

थारूवान

नेपाल इन्जिनियर्स एशोसियसनको ३३औं कार्यकारिणी समितिको निर्वाचनमा सप्तरीका श्याम नारायण चौधरीले उम्मेदवारी दिएका छन्। एकीकृत प्रगतिशील इन्जिनियर समूहबाट उनले केन्द्रीय कोषाध्यक्षको पदमा उम्मेदवारी दिएका हुन्।

थारुवान संबाददाता