समाचार

मल ल्याउन भारतसँग गरियो जीटूजी सम्झाैता

युरिया र डीएपी मल आपूर्तिका लागि नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। जीटूजी व्यस्थामार्फत् भारतबाट नेपालतर्फ युरिया र डीएपी मलको दीर्घकालीन आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो।

थारुवान संबाददाता

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको पदाधिकारी टुंग्याउन आज चुनावी प्रक्रिया सुरु भएको छ। प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि आज ९ जना पदाधिकारी टुंग्याउन धनगढीमा मतदान सुरु भएको निर्वाचन अधिकृत केदारचन्द्र भट्टले जानकारी दिए।

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चाले बृहत् विचार गोष्ठी आयोजना गर्ने भएको छ। टीकापुर राजबन्दी रिहाई र थरुहट मुद्दा विषयमा विचार गोष्ठी आयोजना गरिने बताइएको छ। मोर्चाको केन्द्रीय संयोजन समितिका अनुसार फागुन १९ गते कैलालीमा, २० गते बर्दियामा, २१ गते दाङमा र २२ गते नवलपरासीमा बृहत् छलफल हुनेछ।

थारुवान संबाददाता

प्रतिनिधिसभाको बैठकले अमेरिकी अनुदान सम्झौता एमसीसी अनुमोदन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौता र सम्झौता माथिको १२ बुँदे व्याख्यात्मक घोषणा तल्लो सदनले छलफलपछि बहुमतले अनुमोदन गरेको हो।

थारुवान संबाददाता

नेपाली कांग्रेस बाँकेको १४औं जिल्ला अधिवेशन अन्तर्गत शुक्रबार बाँकेको सभापतिका लागि चार जनाले उम्मेदवारी दिएका छन्। नारायणप्रसाद गौडेल, सुरेन्द्रबहादुर हमाल, बादशाह कुर्मी र सुनिलनरसिंह राणाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्।

थारुवान संबाददाता

थारु लेखक संघ नेपालले गायक एवं कलाकार दोषहरण चौधरीलाई थारु साहित्य पुरस्कारबाट सम्मान गरेको छ। थारु भाषा, साहित्य, सँस्कृति र संगीत क्षेत्रमा पुर्‍याएको योगदानबापत गायक चौधरीलाई १५ हजार ५५५ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो। कञ्चनपुरमा आयोजित छैटौं राष्ट्रिय थारु साहित्य सम्मेलनमा उनलाई यो पुरस्कार वितरण गरिएको थियो।

थारुवान संबाददाता

चाँदनी आचार्य | खाेज पत्रकारिता केन्द्र कैलालीको घोडाघोडी नगरपालिका–१२ का कोटा, तप्पा, नकफोडुवा, वनवर्षा गाउँका धेरै किसानले व्यक्तिगत ऋणको फन्दामा परेर सबै सम्पत्ति सिध्याएका छन्। अचम्म त, यसरी फन्दामा पारेर जग्गा हडप्नेमध्ये अधिकांश चिनजानकै र आफन्त छन्।

चाँदनी आचार्य

भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ विरुद्धको कोरोना खोप उपहारस्वरुप प्रदान गरेको छ । नेपाली सेनाको जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई खोप हस्तान्तरण गरेका हुन्।

थारूवान

वडाध्यक्षले चलाएको मोटरसाइकलको ठक्करबाट उदयपुरमा एक पैदल यात्रुको ज्यान गएको छ । बुधबार बेलुका त्रियुगा नगरपालिका ६ का वडाध्यक्ष ४०वर्षीय निर्मलकुमार चौधरीले चलाएको स१ब ८९७ नम्बरको सरकारी मोटरसाइकलको ठक्करबाट स्थानीय ५० वर्षीय रामचन्द्र चौधरीको ज्यान गएको हो ।

थारुवान संबाददाता

रेशम चौधरी समर्थित पार्टी नागरिक उन्मुक्ति पार्टीले स्थानीय निर्वाचनमा सहभागीका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। फागुन ६ गते बसेको केन्द्रीय कमिटीको बैठकले ७७ वटै जिल्लाका पालिकाहरुमा उम्मेदवारी दिने निर्णयसमेत गरेको छ। अध्यक्ष रञ्जिता श्रेष्ठले निर्वाचन आयोगमा बुधबार दल दर्ता गरेको जानकारीद दिइन्।

थारुवान संबाददाता