समाचार

मेटमणी चौधरी भन्छन्- अब एमाले र विजयीको भेट हुँदैन

नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले नेकपा एमालेले अब कहिल्यै चुनाव नजित्ने दावी गरेका छन् । नेता चौधरीले बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा एमाले, लोसपा र राप्रपा बीचको गठबन्धनलाई प्रतिगामी गठबन्धनको संज्ञा दिँदै उक्त गठबन्धनको शर्मनाक हार भएको बताएका छन् ।

थारुवान संबाददाता

नेपाल क्रिकेट संघ (क्यान) ले सोमपाल कामीसहित ५ खेलाडीलाई सन् २०२२ को लागि ग्रेड ए मा राखेको छ। क्यानको बिहीबार बसेको बोर्ड बैठकले पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीलाई केन्द्रीय सम्झौतामा नराख्ने यसअघिको निर्णय फिर्ता गर्दै उनीहरुसहित पाँच खेलाडीलाई ग्रेडिङमा समावेश गरेको छ। यसअघि कारवाही स्वरुप सम्झौतामा नराखिएका खेलाडीमा ज्ञानेन्द्र,...

थारुवान संबाददाता

नेपाल क्रिकेट संघ क्यानको खेलाडी छनोट समितिको संयोजकमा दिपेन्द्र चौधरी नियुक्त भएका छन्। बिहीबार भैरहवामा बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय टीमका पूर्व खेलाडी दीपेन्द्र चौधरीलाई छनोट समितिको संयोजक नियुक्त गर्ने निर्णय गरेको क्यानले विज्ञप्ति मार्फत जनाएको छ।

थारुवान संबाददाता

भारतले ७३ औ गणतन्त्र दिवसको अवसरमा नेपाललाई ७५ एम्बुलेन्स प्रदान गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।

थारुवान संबाददाता

काठमाडौं स्थित भारतीय राजदूतावासमा बुधवार ७३औं गणतन्त्र दिवस मनाएको छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गरे।

थारुवान संबाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले चीनको अघोषित नाकाबन्दीले नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको भन्दै कडा आपत्ति जनाएका छन् । मंगलबार थापाले ट्वीटरमार्फत चीनको अघोषित नाकाबन्दी आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७४ सालमा कांग्रेससँग गठबन्धन सरकार बनाएर एमालेसँग एकता गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवालाई सुइकोसमेत नदिई प्रचण्डले एमालेसँग एकता गरेर धोका दिएका थिए ।

थारूवान

दुई शक्तिराष्ट्रहरुको टकरावले नेपालले ठूलै आर्थिक मूल्य चुकाउनुपर्ने देखिएको छ । अमेरिका र चीनको टकरावले नेपालको राजनीति मात्र प्रभावित छैन अर्थतन्त्र समेत प्रभावित भएको छ । चीनले नेपालमा ‘द बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) सञ्चालनमा ल्याइसकेको छ ।

एजेन्सी

नेपालमा चिनीया नागरिकहरुको उपस्थिती बाक्लीए संगै उनिहरुको नेपालमा गैरकानुनी काम र आपराधिक गतिविधिमा सक्रिय बन्दै आईरहेका छन् । नेपालमा गैरकानुनी रुपमा बसेर नेपालले बन्चित गरेका अपराधिक क्रियाकलापमा धेरै चाईनिज नागरिकहरु संलग्न रहेको तथ्यहरु फेला पर्न थालेका छन् ।

एजेन्सी

पाकिस्तानमा खेतीको समयमा मल नपाएको भन्दै किसानहरु आन्दोलित बनेका छन्। मलको अभाव, सिचाईलगायतका समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको भन्दै सयौं किसानहरुले साकिबवाद तेहसिलमा धर्ना दिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

एजेन्सी