समाचार

थारु पत्रकार संघको केन्द्रीय महाधिवेशन चैत १२ र १३ गते

थारु पत्रकार संघ नेपालले पाँचौं केन्द्रीय महाधिवेशन आगामी चैत १२ र १३ गते नवलपुरमा गर्ने निर्णय गरेको छ। कपिलवस्तुको बाणगंगा ४, जितपुरमा शनिबार आयोजित केन्द्रीय कमिटीको नवौं बैठकले सो निर्णय गरेको हो।

थारुवान संबाददाता

नेकपा एमालेको दाङ जिल्ला कार्यसमिति सदस्यमा थारु समुदायका १९ जना निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार भएको १३औं जिल्ला अधिवेशनबाट १९ थारु नेता निर्विरोध निर्वाचित भएका हुन्।

थारुवान संबाददता

बाघको आक्रमणबाट बाँकेको थप एक जनाको मृत्यु भएको छ। राप्ती सोनारी-६ मा शनिबार बाघले ३० वर्षीया महिलाको ज्यान गएको हो। बिहान दाउरा गर्न गएकि हव्रहवा गाउँकी ३० वर्षीया चाँदनी थारुको बाघले ज्यान लिएको हो।

थारुवान संबाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि कोरोना संक्रमण भएको छ। प्रचण्डको निजी सचिवालयले स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताएको छ।

थारुवान संबाददाता

दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। जातीय भेदभावको पूर्ण अन्त्य र न्यायको पूर्ण पालनामा कर्तव्यनिष्ठ रहने वाचासहित उन्मुक्ति पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो।

थारुवान संबाददाता

दाङ- थारु कल्‍याणकारिणी सभा (थाकस) दाङले माघ महोत्सव मनाउने भएको छ। महोत्सवलाई भब्य बनाउनका लागि दाङका सभापति भुवन चौधरीको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

सन्तोष दहित

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ। आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि ४३ उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए। उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो।...

थारुवान संबाददाता

सर्वोच्च अदालतले थारु कल्याणकारिणी सभा (थाकस)ले दायर गरेको विज्ञापनसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको छ। संविधानको मर्मबमोजिम थारु समुदायलाई समावेशी कोटा उपलब्ध नगराएको भन्दै थाकसले नेपाल प्रहरी, नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकविरुद्ध रिट दायर गरेका थिए।

थारुवान संबाददाता

रुपन्देहीको सैनामैना नगरपालिकाऔ२ स्थित उचिडिहवामा थारू (घरबास) होमस्टे आजदेखि सञ्चालनमा आएको छ। घरबासबाट थारू खानपिन, कला-संस्कृति, वेशभूषाको संरक्षण एवं सम्बर्द्धन र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

थारुवान संबाददाता

कपिलवस्तुमा ट्र्याक्टर पल्टिँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका-३ रनगाईमा लु४त २४०२ नंको ट्र्याक्टर आज बिहान दुर्घटना भएको थियो। बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्र्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो।

थारुवान संबाददाता