समाचार

२० लाखको प्रलोभनमा भएको थियो विजय चौधरीको हत्या

काठमाडौंका एक व्यापारीको हत्या आरोपमा नवलपरासीपश्चिममा ६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका- २७ असनमा भाँडा तथा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका ३५ वर्षीय विजय चौधरीलाई माघ १० गते रामग्राम नगरपालिकास्थित जोकवारमा हत्या गरी फालिएको थियो ।

थारूवान

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

थारुवान संबाददाता

सर्वोच्च अदालतले थारु कल्याणकारिणी सभा (थाकस)ले दायर गरेको विज्ञापनसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको छ। सं‌विधानबमोजिम थारु समुदायलाई पनि कोटा उपलब्ध हुनुपर्ने माग गर्दै थाकसले लोकसेवा आयोगले प्रकाशित गरेको नायब सुब्बाको विज्ञापन, प्राविधकतर्फ इन्जिनियरिङको विज्ञापन, बागमी प्रदेश र कर्णाली प्रदेशले प्रकाशित गरेको सूचनाविरुद्ध रिट दाय गरेको थियो।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभा (थाकस)ले थारु समुदायलाई आरक्षण नछुट्याएको भन्दै पछिल्लो समय सरकारी विज्ञापनहरुविरुद्ध रिट दिने क्रम जारी राखेको छ। थाकसले मंगलबार फेरि सरकारी संघ संस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

थारुवान संबाददाता

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा गर्ने निर्णय गरेको छ। बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए।

थारुवान संबाददाता

बुटवलमा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसका कैलालीले ३ वडा अध्यक्षसहित १५ जनप्रतिनिधिको पद खारेजी गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ। कांग्रेसले पार्टीबाट पद मुक्त गर्दै जनप्रतिनिधिसमेत रहेको पद खारेजीको माग गर्दै निर्वाचन आयोगलाई सिफारिस गरेको हो।

थारुवान संबाददाता

जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य कल्पना थारु नेकपा एमालेमा प्रवेश गरेकी छन्। सप्तरीमा आयोजित कार्यक्रममा कल्पना थारुसहित ३२ जना कार्यकर्ताहरु जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन्।

थारुवान संबाददाता

वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ।

एजेन्सी

रंगकर्मी प्रदीप कुमार चौधरी विवाह बन्धमा बाँधिएका छन्। उनले कैलालीकी फेशन डिजाइनर सुशिला चौधरीसँग विवाह बन्धनमा बाँधिएका हुन्। उदयपुरका प्रदीप र कैलालीकी सुशीलाको शनिबार कैलालीमा विवाह सम्पन्न भएको हो।

थारुवान संबाददाता