समाचार

एमसीसी पारित गर्न देउवा र ओलीबीच भद्र सहमति, गठबन्धनका नेताहरुलाई तनाव

शम्भू कट्टेल। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्न सरकारलाई जति दबाब छ, त्यति नै बढी एमसीसीबारे सहमति जुटाउन गठबन्धन दलहरुलाई सकस। एमसीसी पारित गर्नेबारे गठबन्धनका शीर्ष नेतृत्वबीच आंशिक सहमति भएको छ। तर, गठबन्धनमा आबद्ध दलहरुले एमसीसीबारे पार्टीभित्र भने घनिभुत छलफल गरेका छैनन्। सबैभन्दा बढी नेकपा माओवादी केन्द्रमा...

शम्भू कट्टेल

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् । यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उनले सर्वसम्मतिले एमसीसी पारित गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

थारुवान संबाददाता

संसदको बजेट अधिवेशन आज अर्थात सोमबारदेखि सुरु भएको छ। राष्ट्रपति रामनाथ कोविन्दको भाषणबाट शुरु भयो। संसदका दुवै सदनलाई सम्बोधन गर्दै उनले कोरोना महामारीबाट यस अवधिमा सञ्चालित योजनाका बारेमा जानकारी दिए। उनको भाषणमा किसान, महिलादेखि तीन तलाकसम्मका मुद्दाहरू समावेश थिए। राष्ट्रपतिले स्वतन्त्रताका संग्रामीहरूलाई अभिवादन गर्दै सम्बोधनको शुरुवात गरे। त्यसपछि उनले...

थारुवान संबाददाता

नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले नेकपा एमालेले अब कहिल्यै चुनाव नजित्ने दावी गरेका छन् । नेता चौधरीले बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा एमाले, लोसपा र राप्रपा बीचको गठबन्धनलाई प्रतिगामी गठबन्धनको संज्ञा दिँदै उक्त गठबन्धनको शर्मनाक हार भएको बताएका छन् ।

थारुवान संबाददाता

नेपाल क्रिकेट संघ (क्यान) ले सोमपाल कामीसहित ५ खेलाडीलाई सन् २०२२ को लागि ग्रेड ए मा राखेको छ। क्यानको बिहीबार बसेको बोर्ड बैठकले पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीलाई केन्द्रीय सम्झौतामा नराख्ने यसअघिको निर्णय फिर्ता गर्दै उनीहरुसहित पाँच खेलाडीलाई ग्रेडिङमा समावेश गरेको छ। यसअघि कारवाही स्वरुप सम्झौतामा नराखिएका खेलाडीमा ज्ञानेन्द्र,...

थारुवान संबाददाता

नेपाल क्रिकेट संघ क्यानको खेलाडी छनोट समितिको संयोजकमा दिपेन्द्र चौधरी नियुक्त भएका छन्। बिहीबार भैरहवामा बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय टीमका पूर्व खेलाडी दीपेन्द्र चौधरीलाई छनोट समितिको संयोजक नियुक्त गर्ने निर्णय गरेको क्यानले विज्ञप्ति मार्फत जनाएको छ।

थारुवान संबाददाता

भारतले ७३ औ गणतन्त्र दिवसको अवसरमा नेपाललाई ७५ एम्बुलेन्स प्रदान गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।

थारुवान संबाददाता

काठमाडौं स्थित भारतीय राजदूतावासमा बुधवार ७३औं गणतन्त्र दिवस मनाएको छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गरे।

थारुवान संबाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले चीनको अघोषित नाकाबन्दीले नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको भन्दै कडा आपत्ति जनाएका छन् । मंगलबार थापाले ट्वीटरमार्फत चीनको अघोषित नाकाबन्दी आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७४ सालमा कांग्रेससँग गठबन्धन सरकार बनाएर एमालेसँग एकता गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवालाई सुइकोसमेत नदिई प्रचण्डले एमालेसँग एकता गरेर धोका दिएका थिए ।

थारूवान