समाचार

हात्तीको आक्रमणबाट बेचन दहितको मृत्यु

हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ। राजापुर १० हप्ती कोटियाबाटबाट दक्षिणतर्फ एक किमी टाढा बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षका बेचन दहितको मृत्यु भएको हो। घर फर्किंदै गर्दा गए राति उनलाई हात्तीले सुँड र खुट्टाले कुल्चिएको अनुमान गरिएको छ।

थारुवान संबाददाता

भारतीय सेना प्रमुख एमएम नरावाणेले लद्दाखस्थित ‘एलएसी'(लाइन अफ एक्चुअल कन्ट्रोल)मा चिनियाँ सेनाले निर्माण कार्य जारी राखेमा आफ्ना सैनिकहरु पनि त्यस क्षेत्रमै रहने चेतावनी दिएका छन्।

थारूवान

आठ महिनाका लागि मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । १६ महिना कार्यकाल बाँकी रहेका एमालेका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन पाँच दलीय गठबन्धनले माओवादीबाट केसी ८ महिना र कांग्रेसबाट वीरेन्द्र कनौडिया ८ महिना मुख्यमन्त्री बन्ने सहमति गरेका...

थारुवान संबाददाता

सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ। शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको बताए।

थारुवान संबाददाता

पल शाहको अर्को थारु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्यारके जादु बोलको गीतमा पलको जोडीको रुपमा अनुभूति श्रेष्ठले अभिनय गरेकी छन्। नरेश जोगी र अन्नु चौधरीको स्वर रहेको गीतमा नरेशकै शब्द रहेको छ भने संगीत संयोजन गणेश चौधरीले गरेका छन्।

थारुवान संबाददाता

दिलीप स्मृति प्रतिष्ठानले तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको छ। पत्रकार कृष्ण मल्लको संयोजकत्वमा गठित समितिमा अधिवक्ता बाबुराम राई र राजेन्द्र चौधरी सदस्य रहेका छन्।

थारुवान संबाददाता

असोज २०, चितोनिया र ललपुरिया थारु समुदायले आज यमोसा पर्व मनाइरहेका छन् । आज सबेरै दाभी (सिरु) काटेर मुठा पारी घरको मूल ढोका अगाडि पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ । पहुनीलाई विभिन्न थरीका फूलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ ।

कारी महतो

कारी महतो चितवन र नवलपुरका थारु समुदायले मनाउने यमोसा पर्व यस वर्ष चितवनको विभिन्न थारु संघसंस्थाहरुले सामूहिक रुपमा मनाउने भएका छन् । थारु कल्याणकारिणी सभा चितवन, थारु पत्रकार संघ चितवन, थारु महिला सभा चितवन, थारु बुद्धिजीवी सभा, थारु युवा सभा, थारु कलाकार सभा, थारु विद्यार्थी समाज लगायत संघसंस्थाहरुले सामूहिक...

कारी महतो

नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन्। ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहितका ५५ जनालाई पार्टी प्रवेश गराएका हुन्।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभाले युएईले जितिया विशेष कार्यक्रम आयोजना गरेको छ। गत शुक्रबार डटकट (दर खाने) कार्यक्रम भब्यताका साथ सम्पन्न भएको कार्यक्रम संयोजक लालबहादुर चौधरी र भागरथी कुमार भगतले जानकारी दिएका छन्।

थारुवान संबाददाता