समाचार

यी हुन् एमाले केन्द्रीय सदस्य बन्न सफल थारु नेताहरु

नेकपा (एमाले) को चितवनमा जारी दसौं महाधिवेशनबाट १० जना थारु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै थारु नेता निर्विरोध निर्वाचित भएका हुन्। एमालेको कमिटीमा केन्द्रीय सदस्य बन्नेहरुमा महिला खुलातर्फ सुनसरीकी भगवती चौधरी र दाङकी शान्ता चौधरी रहेका छन्।

थारुवान संबाददाता

नेकपा एमालेको खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। सुदूरपश्चिमकी अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि बाँकी उम्मेदवार सर्वसम्मत भएका हुन्। थारु समुदायबाट सुनसरीकी भगवती चौधरी र दाङकी शान्ता चौधरी निर्विरोध भएकी छन्।

थारुवान संबाददाता

भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाका दुई वटा विद्यालयका नयाँ भवनहरु उद्घाटन गरिएको छ। श्री मोती महिला संघ प्राथमिक विद्यालय र श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनहरुको उद्घाटन गरिएको हो।

थारूवान

एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट नेता राजकुमार लेखी निर्विरोध निर्वाचित भएका छन्। उनी भूगोलतर्फ प्रदेश २ बाट निर्विरोध निर्वाचित भएका हुन्। त्यसका अलावा थारु कोटाको महिलातर्फ गंगा चौधरी सत्गौंवा र मञ्जु चौधरी पनि निर्विरोध निर्वाचित भएका छन्।

थारूवान

नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नामप्रति असन्तुष्टि जनाउँदै ‘थारु क्लस्टर’मा पर्साका जयप्रकाश चौधरीले उम्मेदवारी दर्ता गरेका छन्। सो समूहमा प्रस्तावितमध्ये कुनै पनि थारु समुदायका उम्मेदवारले आफ्नो उम्मेदवारी समीसिमाभित्र फिर्ता नलिएको खण्डमा ‘थारु क्लस्टर’ मा आन्तरिक प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ।

थारूवान

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा पाएका अध्यक्ष केपी शर्मा ओली आइतबार अबेर रात कमिटी घोषणा गरेका छन्। ३०१ सदस्यीय केन्द्रीय कार्यसमितिमा ११ जना केन्द्रीय सदस्य परेका छन्।

थारुवान संबाददाता

नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत सौराहामा जारी बन्द सत्र हलले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। सर्वसहमतिका लागि ओलीलाई अधिकार दिएको हो। बन्दसत्रमा विष्णु पौडेलले उक्त प्रस्ताव गरेका थिए। पौडेलको प्रस्तावमा हलले समर्थन जनाएको छ।

थारुवान संबाददाता

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको आकार बढाइएको छ। आकार बढेसँगै केन्द्रीय कार्यसमितिमा आउने थारु नेताहरुको सम्भावना पनि बढेको छ। यसअघि थारु कोटामार्फत् जम्मा ६ जना थारु नेता केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको थियो।

थारुवान संबाददाता

नेकपा एमालेको अन्तिम बैठकले दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी आकार बढाउने निर्णय गरेको छ। सौराहामा बसेको बैठकले पदाधिकारीको संख्यासमेत बढाएको छ। नयाँ व्यवस्थाअनुसार अब केन्द्रीय कमिटी ३ सय १ सदस्यीय हुने भएको छ।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभा (थाकस)का सहमहामन्त्री मिनराज चौधरी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। उनी बर्दिया क्षेत्र नं २ बाट थारु कोटामार्फत् महाधिवेशन प्रतिनिधि बनेका हुन्।

थारुवान संबाददाता