समाचार

सीता चौधरी र कमली चौधरीहरु कहिलेसम्म रुँदै बस्ने…

फाइल तस्बिर बेलौरी नगरपालिका-५ मैनाहाका ६६ वर्षीया सीता चौधरीलाई छोरा फर्केर आउने आशा अझै छ। सशस्त्र द्वन्द्वका क्रममा उनका १४ वर्षीय छोरा घरबाटै बेपत्ता भएका थिए। चाडपर्व आउने बेला छोरा आउने आशमा उनी बाटो कुरेर बस्छिन्।

थारुवान संबाददाता

सांसद प्रदीप यादवले रेशम चौधरीलाई कानुनी प्रक्रियाबाटै जसपाले न्याय दिलाउने बताएका छन् । टिकापुर कैलाली घटना सम्झिँदै भने टिकापुर आन्दोलन मा नश्लीय राज्य शासन व्यवस्थाले चरम दमन गरेको र त्यो दमनविरुद्ध आवाज उठाउने थारुहरू माथि विभिन्न मुद्दा मा फसाउने षड्यन्त्र अन्तर्गत नै रेशम चौधरी जस्ता सच्चा आन्दोलनकारी तत्कालीन सरकारले...

थारुवान संबाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नफुटेर चोइटिएको मात्र दाबी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीबाट केही ‘बिग्रिएका मानिस’मात्र बाहिरिएकाले यसलाई पार्टी फुटेको भन्न नमिल्ने दाबी गरेका हुन्।

थारुवान संबाददाता

कैलालीमा विङ्गर र अटो आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। शुक्रबार जिल्लाको गौरीगंगा नगरपालिका ४ राजिपुरमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

थारुवान संबाददाता

भारतले नेपालमा साँकृतिक सम्पदा र स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ। ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना सञ्चालन गरिने छ।

थारुवान संबाददाता

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। गौतमले एमालेको सबै पदबाट राजीनामा दिएका छन्। उनका स्वकीय सचिवमार्फत् कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएका छन्।

थारुवान संबाददाता

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदमा आज दोस्रोपटक कार्यविभाजन गरिएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मौजुदा मन्त्रिपरिषदमा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोकेका हुन्।

थारुवान संबाददाता

भदौ १२ देखि १५ सम्म काठमाडौँमा भएको राष्ट्रिय सम्मेलनबाट अध्यक्षसहितका पदाधिकारी छान्न असफल योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले २०४ जना केन्द्रीय सदस्य सार्वजनिक गरेको छ। यसअघि वाइएसीएलका अध्यक्ष रहेका रामप्रसाद सापकोटा दीपशिखाले इन्चार्जका रुपमा विज्ञप्ति निकालेर २०४ जना केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक गरेका हुन्।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले कञ्चनपुरको इन्जार्जको जिम्मेवारी देवी लाल चौधरीलाई सुम्पेका छन्। कैलालीबाहेक कहीँ पनि थारु नेताहरुलाई जिम्मेवारी नदिएको प्रचण्डले देवीलाल चौधरीलाई भने किन कञ्चनपुरको इन्चार्ज बनाए? यो प्रश्नको सजिलो उत्तर हो, आइपर्दा बुहारी बिना मगरलाई साथ दिन।

थारुवान संबाददाता

नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो।

थारूवान