समाचार

गौरिका सिंहको राष्ट्रिय कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीवाच गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन्। टोकियो एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

थारुवान संबाददाता

नेकपा माओवादीको कारबाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका गौरीशंकर चौधरीले सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

थारूवान

जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीलाई कारबाही नगरेको स्पष्ट पारेको छ। मंगलबार सञ्चारमाध्यममा रेशम चौधरीलगायत महन्थ ठाकुर समूहका नेताहरुलाई कारबाही गरिएको समाचार सार्वजनिक भएको थियो।

थारूवान

जनता समाजवादी पार्टी जसपाको कार्यकारिणी समितिको बैठकले रेशम चौधरीलाई कारबाही गरेको छ। पार्टीको आधिकारिकता पाएको भोलिपल्ट अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको  बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरदेखि रेशम चौधरीसम्मलाई कारबाही गरेको हो।

थारूवान

लुम्बिनी प्रदेशस्थित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी तीन सांसदलाई जनता समाजवादी पार्टीले निष्कासित गरेको छ। मंगलबार बालकुमारीमा बसेको केन्द्रीय समितित बैठकले पोखरेल नेतृत्वको सरकारमा सहभागी तीनजना सांसदलाई निष्कासित गर्ने निर्णय लिएको हो।

थारूवान

नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट फेला परेको छ। याे भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी ४७ वटा नमूनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको र थप तीन वटामा उत्परिवर्तन (ए. वाईआई) भेटिएको...

थारुवान संबाददाता

नेपाल आदिवासी जनजाति महासंघले संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको प्रस्ताव संविधान विरोधी रहेको बताएको छ। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सोमबार संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको व्यक्तिगत प्रस्ताव सार्वजनिक गरेका थिए।

थारूवान

पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। ४४ वर्षीय अफ्रिदीले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्। चौंथो संस्करणको इपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।

थारुवान संबाददाता

उर्लाबारी नगरपालिका–८ थारु टोलमा सोमबार एक किशोरको चक्कु प्रहार गरी हत्या भएको छ । अर्का एक जना घाइते छन् । १७ वर्षीय अभिषेक चौधरीको चक्कु प्रहारबाट हत्या भएको हो ।

थारुवान संबाददाता

जनता समाजवादी पार्टी (जसपा)को दुई पक्षको आधिकारिकता विवादमा निर्वाचन आयोगले फैसला गरेको छ। जसपा नेपालको आन्तरिक विवादमा फैसला सुनाउँदै आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई दिएको हो।

थारूवान