समाचार

विकृति हटाउन थारू समुदायमा दिउँसै बिहे

थारू समुदायमा रात्रिकालीन विवाह कार्यक्रम गर्दा विकृति बढेपछि अहिले दिवाकालीन विवाह गर्ने क्रम बढेको छ। पर्सा जीराभवानी गाउँपालिका–७ शङ्करसरैया निवासी देवराज राउतले राति हुने विवाहमा मदिरासेवन गरेर होहल्ला हुने गरेकाले आफ्नो छोराको बिहे दिउँसो गरेको बताए।

ओमप्रकाश चौधरी/पर्सा

प्रदेश २ को लोकसेवा आयोगले पहिलो पटक प्राविधिकतर्फको रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी/सातौं तह (प्राविधिक) मा दरखास्त आह्वान गरेको हो ।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) युएईले माघी अगावै आफ्नो वार्षिक साधारणसभा गर्ने भएको छ। युएई सरकारले कोरोना महामारीका कारण सार्वजनिकरुपमा कार्यक्रम गर्न बन्देज लगाएपछि माघी अगावै अधिवेशन गर्न लागेको थाकस युएईले जानकारी दिएको छ।

थारुवान/काठमाडौं

दिवंगत बुबाको पार्थिव शरीरमा छोरी अन्जु चौधरीले दागबत्ति दिएकी छन्। घोराही उपमहानगपालिका १७ गुलरिया निवासी ५७ वर्षीय दिवंगत प्रकाश चौधरीकी कान्छी छोरी अन्जुले दागबत्ति दिएकी हुन्।

थारुवान/दाङ

कोरोना महामारीलाई छिचोल्दै कैलालीका आदिवासी थारु गुरुवाले सामूहिक तान्त्रिक शक्ति प्रदर्शन गरेका छन् । आजको आधुनिक समाजमा आफ्नो अस्तित्व कायम रहेको झल्को दिने गरी उनीहरु तान्त्रिक शक्ति प्रदर्शन गरका हुन् ।

लखन चौधरी/कैलाली

पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका-३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ।

थारुवान/काठमाडौं

इलाका प्रहरी कार्यालय, मालाखेतीका इञ्चार्ज डीएसपी भरतराज चौधरी सम्पर्कविहीन भएको प्रकरणपछि उनको ठाउँमा नयाँ प्रहरी नायब उपरीक्षक (डीएसपी) पठाइएको छ।

थारुवान/कैलाली

नेपाल र भारतका उच्चतम कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल-भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै त्यसलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

थारुवान/काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन्।

थारुवान/काठमाडौं

बिबिसीले सन् २०२० मा विश्वभरका सयजना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । यस वर्ष बिबिसीले अप्ठ्यारो स्थितिबीच पनि समाजमा परिवर्तन ल्याउने खालका काम गर्ने एक सय महिलालाई सो सूचीमा समावेश गरेको छ ।

थारूवान