थारू समाचार

नागरिकता नपाएर ज्यान गुमाएका अन्जु थारू र कान्छा थारूको विषयमा सुरेश पन्थीको नेतृत्वमा छानबिन हुने

बर्दियाको बढैयाताल-४ का कान्छा थारू र अन्जु थारूले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता...

थारूवान

लोकसेवा आयोगको राप. तृतीय श्रेणी, शाखा अधिकृतमा थारू समुदायका दुई जनाले नाम निकाल्‍न सफल भएका छन्। अघिल्लो वर्ष खुलेको आवेदनमा सबै चरण पार गरेर कञ्चनपुरका तारामणि डंगौरा र नवलपरासीकी सृष्टि चौधरीले नाम निकाल्न सफल भएका हुन्। उनीहरू दुवै जना सामान्य प्रशासनतर्फ सिफारिस भएका हुन्। सृष्टि चौधरीले यसअघि एक हजार...

थारूवान

बर्दियामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी बाँसगढी नगरपालिका-६ का ३६ वर्षीय हिमबहादुर थारूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। शुक्रबार साँझ बाँसगढी नगरपालिका-७ भित्री सडकखण्डको वनबगियाबाट मोतीपुर जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने २० वर्षीय दिलीप...

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं ७ को क्षेत्रीय सभाबाट सर्वसहमतिमा पूर्व केन्द्रीय पार्षद कृष्णलाल चौधरीको संयोजकत्वमा एक तदर्थ समिति गठन गरिएको छ। कार्यसमितिका सभापति रामेश्वर चौधरीले राजीनामा दिएको र पदावधिसमेत समाप्त भएको हुँदा निश्चित समयमा अधिवेशन सम्पन्न गर्नका लागि सर्वसहमतिबाट तदर्थ समिति गठन गरिएको हो। तदर्थ समितिका...

थारूवान

बाँके र बर्दियालाई लुम्बिनी प्रदेशबाट टुक्रयाउनेविरुद्ध नेपालगन्जका थारू युवाहरू एक हुने निष्कर्ष निकालेका छन्। अभियन्ता सीताराम थारूको अगुवाईमा भएको छलफलले बाँके र बर्दियालाई टुक्र्याउनेहरूविरुद्ध एकताबद्ध भएर लड्ने निष्कर्ष निकालिएको हो। पछिल्लो समय प्रमुख राजनीतिक दलका नेताहरूले थारू बाहुल्य जिल्ला बर्दिया र बाँकेलाई लुम्बिनीबाट टुक्र्याएर कर्णालीमा मिसाउनुपर्ने अभिव्यक्ति दिँदै आएका...

थारूवान

रामप्रसाद चौहान/कान्तिपुर दैनिक साभार बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी गाउँकी अञ्जु थारुले २२ कात्तिकमा आत्महत्याको बाटो रोजिन् । छोरीको मृत्युको शोकमा रहेका उनका बाबु कान्छाले पनि चार दिनपछि आत्महत्या गरे । बाबु–छोरीको आत्महत्या के कुनै आवेग–प्रेरित घटना थियो ? सात वर्षकी छोरी छोडेर अञ्जुले आत्महत्या गर्नुका पछाडि के–कस्ता कारण...

थारूवान

चितुवाको आक्रमणबाट एक युवती घाइते भएकी छन्। बारबर्दिया नगरपालिका-४ की १८ वर्षीया अजिता थारु चितुवाको आक्रमणबाट मंगलबार साँझ घाइते भएकी हुन्। चितुवाले आक्रमण गर्दा युवतीको दुवै हातमा गहिरो चोट लागेको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिएका छन्। घरनजिकै खेतमा राखेको पराल लिन गएका बेला परालमा बसेको चितुवाले छोरीलाई...

थारूवान

पर्सा क्षेत्र नम्बर ४ मा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोट विवादमा तानिएको छ। मधेश प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश थारूले सार्वजनिक प्रतिनिधि सूचीप्रति असहमति जनाएका छन्। सोमबार सार्वजनिक भएको प्रतिनिधि छनोटको निर्णय आफूहरूलाई अमान्य भएको नेता थारूले बताए। उनले अनलाइनखबरसँग भनेका छन्, ‘हामीलाई विद्या भण्डारी, ईश्वर पोखरेल निकट भनेर...

थारूवान

अभिनेता प्रदीपकुमार चौधरीले फिल्म ‘तरंग’ मार्फत निर्देशनमा डेब्यू गर्ने भएका छन्। उनको पहिलो निर्देशकीय प्रोजेक्टको टाइटल सार्वजनिक गरिएको छ। १६ मंसिरदेखि छायांकनमा जाने यो फिल्मको पटकथा लेखन पनि चौधरीकै हुनेछ। सुजन राई र तर्कराज जोशी निर्माता रहेको फिल्म मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो। छायांकनअघि कलाकारको नाम सार्वजनिक...

थारूवान

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पुस अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। त्यस्तै बैठकले नयाँ क्रियाशील सदस्य वितरण गर्ने सीमा मंसिर २० गतेसम्मलाई तोकिएको उनले बताए। मंसिर...

थारूवान