थारू समाचार
डा. गोपाल दहितले प्रस्तुत गरे गरिबलाई धनी बनाउने प्रस्ताव, १० वर्षपछि कम्युनिस्ट पार्टी धारासायी बन्ने आकलन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विपन्न उत्थान समन्वय विभागका संयोजक डा. गोपाल दहितले ‘गरिबलाई धनी बनाउने’ लक्ष्य बोकेको प्रतिवेदन प्रस्तुत गरेका छन्। कांग्रेस सभापति, उपसभापति, महामन्त्री, पदाधिकारीलगायतको उपस्थितमा मंगलबार उनले महत्त्वपूर्ण प्रस्तावसहितको प्रतिवेदन प्रस्तुत गरेका हुन्। डा. दहितले आगामी दस वर्षको ‘भिजनेरी प्लान’समेत प्रस्तुत गरे। उनले आगामी १० वर्षमा...
थारूवानथारू कल्याणकारिणी सभा सुनसरी शाखा र थारू महट्वाँ-भल्मन्सा दाङले भारतको पहलगाममा भएको आतंकवादी घटनाको निन्दा गरेका छन्। थाकस सुनसरी शाखाले आतंकारी संगठन लश्कर-ए-तैयवाले निहत्था नागरिकको ज्यान लिएको भन्दै घोर भर्त्सना गरेको हो। सभाले सुनसरीको झुम्का बजारमा ब्यानर/पम्पलेटसहित विरोध प्रदर्शनसमेत गरे। उनीहरूले धार्मिक अतिवाद र आतंकवादविरुद्ध नारा लगाएका थिए। उनीहरूले...
थारूवाननागरिक उन्मुक्ति पार्टीमा निष्क्रिय बनेका नेता लक्ष्मण थारूले पार्टीमा फर्किने तयारी गरेका छन्। नाउपा र जनमतबीच पार्टी एकता हुने तयारी भइरहेका बेला लक्ष्मणले पार्टीमा सक्रिय हुने तयारी गरेका हुन्। उनी निकट नेताका अनुसार लक्ष्मणले एकतापछि बन्ने पार्टीमा वरिष्ठ नेता बन्नुपर्ने माग गरेका छन्। उनले रेशम चौधरी र सीके राउतलाई...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको अन्तिम केन्द्रीय कमिटी बैठकमा विशेष सम्बोधन गरे। उनले पार्टी एकतापछि पक्कै पनि आफूहरूका लागि अनुकूल अवस्था नरहने बताए। दुई चार झुन्ड मिसिएपछि आफूहरूको कुरामात्र सुनुवाइ नहुन पनि सक्ने उनले नेता-कार्यकर्तालाई सजग गराए। उनले पार्टी एकतापछि धेरै कुराहरू स्वीकार गर्नुपर्ने बताए। उनले कतिपय...
थारूवाननागरिक उन्मुक्ति पार्टीले सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्ने औपचारिक निर्णय गरेको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नाउपाको अन्तिम केन्द्रीय समितिको बैठकले वैशाख १७ गते जनमत पार्टीसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो। त्यस्तै बैठकले पार्टी एकतापछि केन्द्रीय कमिटीको ५० प्रतिशत केन्द्रीय सदस्य समायोजन हुने सहमति पनि गरेको छ।...
थारूवाननागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सांसद एवं पूर्वमन्त्री समेत रहेका धर्मबहादुर चौधरीविरुद्ध झुटा विवरण प्रस्तुत गरी चरित्र हत्या गरिएकोप्रति आपत्ति जनाइएको छ। व्यक्तिगत लेनदेनलाई ‘भ्रष्टाचार, घुस, लेनदेन’जस्ता शब्द प्रयोग गरी प्रचारवाजी गर्न खोजिएको भन्दै आपत्ति जनाइएको हो। चौधरी मन्त्री भएका बेला कञ्चनपुर निवासी गजेन्द्र साउदबीच आर्थिक लेनदेन भएको थियो।...
थारूवानभारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको थारू सम्बद्ध संघसंस्थाहरूले निन्दा गरेका छन्। थारू कल्याणकारिणी सभा, दाङ देउखुरी, थारू महिला जागरण समाज र देउखुरी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले आइतबार विरोध प्रदर्शन गर्दै निन्दा गरेका हुन्। दाङको देउखुरीमा उनीहरूले आतंकवादविरुद्ध पम्पलेटसहित प्रदर्शन गरेका हुन्। आतंककारी संगठन लश्कर-ए-तैयबाको संलग्नामा भएको...
थारूवानभारतले सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन उपलब्ध गराएको छ। स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भ्याक्सिन सहयोग हस्तान्तरण गरेका हुन्। भारतले विभिन्न प्रकारका करिब ५ करोड ४७ लाख रुपैयाँ (चार लाख अमेरिकी डलर) मूल्य बराबरको भ्याक्सिन...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश