थारू समाचार

रुपन्देही-३ मा रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने मोर्चाको औपचारिक निर्णय

संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले मोर्चाका तर्फबाट प्रसार प्रसार समिति पनि बनाइएको छ। ‘रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचन प्रयोजनका लागि संघीय लोकतान्त्रिक...

थारूवान

सभामुख देवराम घिमिरेले नागरक उन्मुक्ति पार्टीले दर्ता गराएको पत्र नस्वीकार्ने बताएका छन्। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले अध्यक्ष रञ्जिता श्रेष्ठको नाम नलिए पनि नाउपाबाट पत्र प्राप्त भएको जानकारी गराएको नाउपा संसदीय दलका नेता गंगराम चौधरीले बताए। ‘उहाँले नाउपाबाट पत्र प्राप्त भएको र त्यसलाई नस्वीकार्ने बताउनुभएक थियो। उहाँले...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेता आफैं रहेको पत्र संसद सचिवालयमा दर्ता गराएकी छन्। संसदीय दलका नेता गंगाराम चौधरीलाई कारबाही गरिएको जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले आफू नै दलको नेता भएको पत्रमा उल्लेख गरेकी छन्। ‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनुभएका मा. गंगाराम चौधरीलाई...

थारूवान

जागेश्वर थारु बर्दियाको बढैया गाउँ अचेल मादलको धुनले गुन्जिएको छ। परम्परागत थारु, मगर, र अन्य स्थानीय संस्कृतिमा गहिरो रूपमा गढिएको यो वाद्य आजभोलि नयाँ पुस्ताको हातमा पुग्दै छ। गाउँमा आयोजित ‘मादल सिक्ने कक्षा’ले स्थानीय युवामा नयाँ उत्साह ल्याएको छ। बिहानदेखि बेलुकीसम्म गाउँका चौतारा, टोल घर र सामुदायिक भवनहरूमा मादलको...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले रूपन्देही-३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने भएका छन्। निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी दर्ता हुन नसकेपछि संरक्षक चौधरीले संयुक्त लोकतान्त्रिक मोर्चाको साथ लिएर स्वतन्त्र उम्मेदवारी दर्ताको तयारी गरेका हुन्। ‘रह्यो कुरा रूपन्देहीको। हाम्रो उम्मेदवार उठ्छ। म राजनीतिक ब्यक्ति हो। यही सातादेखि प्रचारप्रसारमा...

थारूवान

सरकारलाई दिएको समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) सत्तापक्षको बैठकमा सहभागी भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले बोलाएपछि मंगलबार नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेकी थिइन्। बैठकमा सत्तारुढ दलका नेताहरूको सहभागिता पनि रहेको थियो। नाउपा संसदीय दलका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख...

थारूवान

कोशी प्रदेशसभाका सदस्य जीवन आचार्यले प्रदेश सरकारले ल्याएको सरकारी कामकाजको भाषासम्बन्धी विधेयकले थारु समुदायलार्य नसमेटेको भन्दै आपत्ती जनाएका छन्। भाषा आयोगको सिफारिसविपरीत थारु भाषालाई जानीजानी छुटाइएको भन्दै आचार्यले विधेयकलाई षड्यन्त्रपूर्ण र समुदायबीच फाटो ल्याउने रणनीतिको संज्ञा दिएका छन्। प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न...

थारूवान

नागरिक उन्मुक्ति पार्टीले रुपन्देहीको उपनिर्वाचनमा भाग लिन नपाउने भएको छ। निर्वाचन आयोगले नाउपालाई रुपन्देही उपनिर्वाचनका लागि अयोग्य ठहराएको छ। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी अद्यावधिकका लागि लेखा परीक्षणलगायत कागजातमा कैफियत देखिएको भन्दै आयोगले अयोग्य ठहराएको हो। आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम १७ को उपनियम (४) बमोजिम नाउपालाई...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका सांसद एवं संसदीय दलका नेता गंगाराम चौधरीले रञ्जिता श्रेष्ठ कारबाही गर्ने अध्यक्षमात्र भएको टिप्पणी गरेका छन्। अध्यक्ष श्रेष्ठ पार्टी निर्माण र संगठनभन्दा पनि कारबाहीका लागिमात्र भूमिका निर्वाह गरिरहेको उनको आरोप छ। अध्यक्ष श्रेष्ठले ३१ साउनमा गंगारामलाई केन्द्रीय समिति पदाधिकारी र संसदीय दलको नेताको भूमिका नरहनेगरी कारबाही...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद अरुण चौधरीलाई आफ्नै क्षेत्रबाट फेरि जितेर देखाउन चुनौती दिएकी छन्। नाउपा नेता एवं सांसद अरुण चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई रेशम चौधरीको साथ बिना चुनाव जितेर देखाउन चुनौती दिएकी थिइन्। सो चुनौतीपछि थारूवानसँग कुरा गर्दै अध्यक्ष रञ्जिताले कैलाली क्षेत्र नं २ मा फेरि...

थारूवान
1 31 32 33 34 35 245