थारू समाचार
सिकलसेल एनिमिया पहिचानका लागि १८४२ जना थारूको रगत परीक्षण
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट थारू समुदायका एक हजार ८४२ जनाको रगत परीक्षण गरेको छ । सिकलसेल एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट उक्त सङ्ख्यामा रगत परीक्षण गरिएको स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति...
थारूवानजोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कालोमोसो छर्किएको छ। कम्युनिस्ट युवा संगठन नेपाल उनीमाथि कालोमोसो छर्किएको हो। पछिल्लो समय यो समूहले जनकारबाहीका नाममा कालोमसो दल्दै आएको छ। यो संस्थाले फेसबुकमार्फत जोशीपुरका अध्यक्ष चौधरीमाथि जनकारबाही गरेको जानकारी दिएको छ। ‘हाम्रो संगठन कम्युनिस्ट युवा संगठन नेपाल जोशीपुर गापाले कैलाली जिल्लाको जोशीपुर...
थारूवानसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका-४ बलियामा रहेको चौधरीको घरमा चोरी भएको हो। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार सुनचाँदीका गहना र ६५ हजार रुपैयाँ चोरी भएको हो। ‘घरको ग्रिल तोडेर घरमा राखिएको गहना चोरी गरिएको छ,’ इलाका प्रहरी कार्यालय लम्कीका...
थारूवानप्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकमा माओवादी सांसद मोदीले आफूहरूलाई बोल्नका लागि सभापतिले रोक्ने गरेको आरोप लगाएपछि भनाभन भएको हो। सांसद मोदीले संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापति रोक्नु दुर्भाग्य भएको...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच छलफल भएपछिमात्रै एकता प्रक्रिया अघि बढ्ने बताएकी छन्। मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले रेशम चौधरी र सीके राउत आ-आफ्नै पार्टीका कार्यक्रममा व्यस्त रहेकाले छलफल हुन नसकेको भन्दै दुई...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्न सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। धरौटी बुझाएर रिहा हुने प्रक्रियामा उनी रहेको अदालतले बताएको...
थारूवान‘पढाइको चाहना पूरा गर्न उमेर तगारो नबन्दो रहेछ’ भन्ने भनाइ सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका-४ पर्सीयाकी डल्लीदेवी चौधरीले। ५२ वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँको स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन्। चौधरी गाउँपालिका–४ को वडासदस्य हुन्। उनी पढ्नका...
थारूवानअन्ततः नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशका सांसद रामेश्वर चौधरी मन्त्रीमा नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले आइतबार रामेश्वरलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन्। सात जना सांसद रहेको नाउपामा कसलाई मन्त्री बनाउने विषयमा विवाद हुँदै आएको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना पक्षका...
थारूवानसुदूरपश्चिम प्रदेशको मन्त्री बनाउने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र मतभेद् देखिएको छ। सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले रामेश्वर चौधरीलाई मन्त्रीमा सिफारिस गरेपछि विवाद बढेको हो। नाउपा सुदूरपश्चिम सांसद खुसीराम डंगौराले पार्टीको सुशासन समितिमा नेता घनश्यामविरुद्ध उजुरी दिएका छन्। उनले रामेश्वर चौधरीलाई मन्त्री सिफारिस गर्ने विषयमा कुनै छलफल...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारमा एक-एक गरी तीन जनाको नाम मन्त्रीको लागि सिफारिस गरे पनि शपथको टुंगो अझै लागेको छैन। एक-एक गरी प्रदेश सांसद कैलाश चौधरी, घनश्याम चौधरी र रामेश्वर चौधरीलाई मन्त्रीको लागि सिफारिस गरियो। तर, मुख्यमन्त्री कमल बहादुर शाहले शपथग्रहणमा विलम्ब गरेका छन्। गत वैशाख ३०...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश