थारू समाचार

बढ्दैछ थारू मौलिक पहिरनको क्रेज

कारी महतो/चितवन खिचरा महोत्सवको दशौं संस्करण पुस २९ गतेदेखि सुरु भएको छ। राप्ती नगरपालिका वडा नं. २ का सोनी अर्जेल थारु जातिका मौलिक भेषभुषा र गरगहनामा चिटिक्क परेर खिचरा महोत्सव घुम्न आएकी देखिइन्। उनी थारु पहिरन र गरगहना भाडामा लिएकी बताइन्।

थारूवान

काठमाडौंको टुँडीखेलमा आयोजना हुने थारू माघी महोत्सवको उद्‍घाटन नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी हुन नसक्ने जानकारी दिएपछि आयोजक थारू कल्याकारिणी सभालगायत थारू संघसंस्थाहरूले गच्छदारलाई प्रमुख अतिथि बनाउने निर्णयमा पुगेका हुन्।

थारूवान

सन्तोष दहित/हिमालखबर न्यायाधीशले छाड्न आदेश दिए पनि अदालतमा २०० रुपैयाँ बुझाउन नसक्दा छोरालाई जेल पठाएर घर फर्किएका बुबाको पीडा कस्तो होला? बर्दियाका ज्ञानसिंह थारू भन्छन्, “रातभर सुत्नै सकिनँ।”

थारूवान

थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरु भएको छ। विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ-बस्तीमा यो पर्व सुरु भएको थारू अगुवा प्रभातकुमार चौधरीले जानकारी...

थारूवान

साहित्यको विकासका लागि क्रियाशील संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले माघी पर्वको पूर्वसन्ध्यामा कोहलपुर नगरपालिका अन्तर्गतको थारु गाउँ रझेनामा ‘बदलिँदो थारु समाज र साहित्य’ विषयक विचारगोष्ठी सम्पन्न गरेको छ।

थारूवान

संवैधानिक आयोगका प्रमुखहरूले संघीय निजामती सेवामा आरक्षणलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त

थारूवान

कारी महताे/चितवन। खिचरा पर्वकाे अवसर पारेर आयाेजना हुने खिचरा महाेत्सवकाे दसौं संस्करण यसवर्ष पुस २९ गतेदेखि माघ ७ गतेसम्म हुने भएकाे छ। महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव बारे जानकारी गराएको हो।

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस)को २३औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ५४ जना नयाँ कार्यसमिति सदस्यको सूची सार्वजनिक भएको छ। झन्डै दुई महिनापछि पुस २५ गते सपथग्रहण गर्दै नयाँ कार्यसमिति सदस्यहरूको सूची सार्वजनिक गरिएको हो।

थारूवान

सुदूरपश्चिम प्रदेशमा माघी पर्वको विदा थप गरिएको छ । प्रदेश सरकारले माघीको अघिल्लो दिन पुस २९ गते सार्वजनिक बिदा दिएको हो। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

थारूवान

नेपाल आदिवासी जनजाती पत्रकार महासङ्घ (फोनिज)सुनसरीको अध्यक्षमा सुनिल चौधरी निर्वाचित भएका छन्। इटहरीमा सम्पन्न फोनिज सुनसरीको पाँचौं अधिवेशनमा चौधरी सर्वसहमतिमा अध्यक्ष निर्वाचित भएका हुन्। महासङ्घको उपाध्यक्षमा हिमाल राई, सचिवमा प्रमिला राई, सहसचिवमा रश्मी प्रधान, कोषाध्यक्षमा स्वर्णीम राई सर्वसम्मत निर्वाचित भए। संस्थागत सदस्यद्वयमा वुद्धहाङ लिम्बू, सचिन राई, महिला सदस्यद्वयमा स्मारिका...

थारूवान
1 49 50 51 52 53 228