थारू समाचार

लोकसेवामा ‘थारु कलस्टर’ नछुट्याए राज्यले थारूमाथि अन्याय गरिरहेको छ : मन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारु क्लस्टरसहितको निजामती विधेयक नबन्दा थारु समुदायमाथि अन्याय भइरहेको बताए।  प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै मन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले संविधान जारी भइसकेको ९ वर्षसम्म...

थारूवान

कैलालीमा थारू समुदायको गाउँको नेतृत्वमा परिवर्तन आउन थालेको छ । परम्परागत रूपमा गाउँको नेतृत्वकर्ता (भलमन्सा) को काम पुरुषले गर्दै आए पनि पछिल्लो समय महिलासमेत यसको भूमिकामा रहेर उदाहरणीय कार्य गर्न थालेका छन् । घोडाघोडी नगरपालिकामा अहिले छ जना महिला भलमनसाको भूमिकामा छन् । विगतमा पुरुष मात्र हुने भलमनसामा महिला सक्रिय भएर नेतृत्व...

थारूवान

थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन्। नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो समुदायले हरेक वर्ष विवाह पञ्चमीमा लवाङ्गी पूजा गर्दै आएको छ। थारू अगुवा चन्द्रकुमार चौधरीका अनुसार यो पूजासँगै थारू समुदायमा भजहर, हरहर पूजा गर्ने गरिन्छ।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका सांसद एवं पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको ‘योग्यता’ विवाद फैसला चरणमा प्रवेश गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले यस विवादमा सुनुवाइ सकेर आउँदो पुस १७ सुनाउने मिति तोकेको छ।

थारूवान

नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएकोमा समाजसेवी तथा आर्थिक सशक्तीकरणकी अभियन्ता सांसद भगवती चौधरी सम्मानित भएकी छन्। बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहहेकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद् वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।

थारूवान

गाउँभरिका मानिसको जमघटबीच सयौँ परिवारको खाना एकै ठाउँमा पाकिरहेको छ। माटोको चुलो लहरै राखेर भन्सर्या (भान्से) हरू मिठा भोजन तयार पार्न व्यस्त छन्। कैलालीको भजनी नगरपालिका-२, मोहनपुरमा थारू समुदायको भजहरको दृश्य हो, यो।

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सोमबार चीन प्रस्थान गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमण टोलीमा परेपछि श्रेष्ठ बेइजिङ गएकी हुन्। तर, बेइजिङ उड्नुअघि उनले आफ्नै पति रेशम चौधरीविरुद्ध कडा अभिव्यक्ति दिइन्। पछिल्लो स्थानीय तह उपनिर्वाचनको मतपरिणामलाई लिएर रञ्जिताले सामाजिक सञ्जालबाटै रेशमलाई प्रहार गरिन्। पार्टी नेतृत्वका...

थारूवान

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी विजयी भएका छन् । ६ हजार ९ सय ६९ मतसहित उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत पाए । उनीहरुबीचको मतान्तर १ हजार ६ सय ३६ छ...

थारूवान

अमेरिकी थारूहरूको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२४/२०२५ का लागि छात्रवृत्ति आह्वान गरेको छ। नेपालमा प्लस टू र स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति आह्वान गरिएको हो। डीसेम्बर १ मा आह्वान गरिएको छात्रवृत्तिका लागि माघ २ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन दिनका लागि थारू समुदायकै विद्यार्थी हुनुपर्ने छ।...

थारूवान

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई भूमिगत समूहले ‘तह लगाइदिने’ धम्की दिएको छ। ह्वाट्स एपमा फोन गरेर भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण यादवले लेखीलाई तह लगाउँछु भन्दै धम्की दिएका हुन्। आर्थिक सहयोग दिन अस्वीकार गरेपछि आफूलाई जेसुकै गरिदिने धम्की दिएको मन्त्री लेखीले बताए। ‘ह्वाट्स...

थारूवान
1 63 64 65 66 67 236