थारू समाचार
गाउँ हाँक्ने थारू महिलाहरू
कैलालीमा थारू समुदायको गाउँको नेतृत्वमा परिवर्तन आउन थालेको छ । परम्परागत रूपमा गाउँको नेतृत्वकर्ता (भलमन्सा) को काम पुरुषले गर्दै आए पनि पछिल्लो समय महिलासमेत यसको भूमिकामा रहेर उदाहरणीय कार्य गर्न थालेका छन् । घोडाघोडी नगरपालिकामा अहिले छ जना महिला भलमनसाको भूमिकामा छन् । विगतमा पुरुष मात्र हुने भलमनसामा महिला सक्रिय भएर नेतृत्व...
थारूवाननेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तीकरणकी अभियन्ता सांसद भगवती चौधरी सम्मानित भएकी छन्। बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहहेकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद् वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सोमबार चीन प्रस्थान गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमण टोलीमा परेपछि श्रेष्ठ बेइजिङ गएकी हुन्। तर, बेइजिङ उड्नुअघि उनले आफ्नै पति रेशम चौधरीविरुद्ध कडा अभिव्यक्ति दिइन्। पछिल्लो स्थानीय तह उपनिर्वाचनको मतपरिणामलाई लिएर रञ्जिताले सामाजिक सञ्जालबाटै रेशमलाई प्रहार गरिन्। पार्टी नेतृत्वका...
थारूवानअमेरिकी थारूहरूको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२४/२०२५ का लागि छात्रवृत्ति आह्वान गरेको छ। नेपालमा प्लस टू र स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति आह्वान गरिएको हो। डीसेम्बर १ मा आह्वान गरिएको छात्रवृत्तिका लागि माघ २ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन दिनका लागि थारू समुदायकै विद्यार्थी हुनुपर्ने छ।...
थारूवानमधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई भूमिगत समूहले ‘तह लगाइदिने’ धम्की दिएको छ। ह्वाट्स एपमा फोन गरेर भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण यादवले लेखीलाई तह लगाउँछु भन्दै धम्की दिएका हुन्। आर्थिक सहयोग दिन अस्वीकार गरेपछि आफूलाई जेसुकै गरिदिने धम्की दिएको मन्त्री लेखीले बताए। ‘ह्वाट्स...
थारूवान‘घोरीघोरा देउथान’, कैलालीको प्रसिद्ध घोडाघोडी ताल क्षेत्रमा रहेको थारू समुदायका कुल देवता राख्ने ‘मरुवा’ मा लेखिएको शब्द हो, यो। पुर्खौंदेखिको देसावर मरुवालाई सो समुदायका मानिसले घोरीघोरा देउथान नाम दिएका हुन्। घोरीघोरा तालको नामबाट देउथानको नाम घोरीघोरा रहन गएको थारू समुदायका व्यक्ति बताउँछन्। यो समुदायले घोरीघोराका रूपमा चिनेको ताल विश्वव्यापी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश