थारू समाचार

खिचरा महोत्सवको सम्पूर्ण तयारी पूरा, प्रदेश अर्थमन्त्रीले समुदघाटन गर्ने

थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ द्वारा आयोजित नवौं खिचरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूलआयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताए। भोलि २८ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले महोत्सवको समुदघाटन गर्ने अतिथि आमन्त्रण तथा सत्कार समितिका संयोजक कृष्णलाल चौधरीले बताए।

थारूवान

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत भएका छन्। रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन्। निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सरकारसँग भिख नमाग्ने बताएका छन्। टीकापुरमा पार्टीको प्रथम महाधिवेशनको उद्‍घाटन सत्रमा बोल्दै संरक्षक चौधरीले नागरिक उन्मुक्ति पार्टीले राज्यसँग भिख नमाग्ने बताएका हुन्।

थारूवान

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन सुरु भएको छ। कैलालीको टीकापुरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नाउपा अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले महाधिवेशनको उद्घाटन गरेका हुन्।

थारूवान

थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले जानकारी दिए ।

थारूवान

नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि कैलालीको टीकापुरमा सुरु भएको छ। पुस २६, २७ र २८ गते हुने महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने छ। पार्टीका संरक्षक रेशमलाल चौधरीका अनुसार महाधिवेशनको उदघाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाइएको छ। भारतीय जनता पार्टी (भाजपा)को प्रतिनिधित्वसमेत उदघाटन...

थारूवान

अन्जु चौधरी। “आज म घोंगी खान तिम्रो घर जान्छु,” एक दिन स्कूलमा दिउँसोकोे खाजा खाने वेला साथी शोभाले भनिन्। क्षेत्री समुदायकी थिइन् शोभा। हामी कक्षा ५ सम्म कैलालीको कैलारी गाउँपालिका-७, रामपुरस्थित जनता प्राविमा सँगै पढेका थियौं। हामी कक्षामा असाध्यै मिल्ने साथी थियौं। उनको परिवार पहाडबाट बसाइँ सरेर कैलाली आएको थियो।

थारूवान

माघ (माघी)मा चार दिन बिदा दिन माग गरिएको छ। थारू संघ-संस्थाका प्रतिनिधिहरूले मुख्यमन्त्री कमलबहादुर शाहसँग माघमा चार दिन बिदा दिन माग गरेका हुन्। थारू समुदायले महान तथा नयाँ वर्षको रूपमा मनाउने माघ पर्वमा बिदा मागसहित उनीहरूले प्रदेश सकारलाई ध्यानाकर्षण पत्र बुझाइएका छन्।

थारूवान

नवौं खिचरा महोत्सवमा गत वर्ष झैं यसवर्ष पनि खिचरा डान्स आइडल-२०८० हुने भएको छ। बालबालिकाहरूमा अन्तर्निहित प्रतिभालाई उजागर गरी दर्शकमाझ ल्याउनका लागि खिचरा डान्स आइडलको आयोजना गर्न लागिएको नवौं खिचरा महोत्सव मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताए।

थारूवान

नेपाली कांग्रेसका नेता एवं सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले पार्टीको अनुशासनमा पनि रहनुपर्ने र नताको भावनाको आवाज पनि उठाउनुपर्ने भएका कारण जनप्रतिनिधिले सोचेअनुसार कानुन बनाउन नसकेको स्वीकार गरेका छन्।

थारूवान