विशेष

कांग्रेस महाधिवेशनका थारु प्रतिनिधिहरुको भेला, कसले के भने?

थारु कल्याणकारिणी सभाले शुक्रबार राति कांग्रेसको १४औं महाधिवेशनका थारु प्रतिनिधिहरुको भेला आयोजना गर्‍यो। भेलामा ६० बढी प्रतिनिधिहरु सहभागी थिए। कार्यक्रममा सहमहामन्त्री र केन्द्रीय सदस्यहरुका आंकाक्षीहरुसमेत सहभागी थिए। सबैले आ-आफ्नो उम्मेदवारी प्रस्तुत गरेका थिए। सहमहामन्त्रीका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले कांग्रेसमा आफ्नो ठूलो योगदान रहेको र लामो समय जेलमा समेत बसेको...

थारूवान

रेशम चौधरी इन्द्रैलाई चाहिने पुष्पबाटीका, अप्सराले घेरिएको महादेव मगन भई धतुरोमा, नागले बेरिएको लङ्कैजल्दा पनि रावणलाई, सुनकै सिंहासनको चिन्ता भेद खोलेर भाइ मार्ने विभिषणलाई, केको बोध हिनता ? इतिहास सजिलै परिवर्तन हुँदैन । दुइचार दशकीय परिवर्तनले समाजलाई खासै फरक पनि पार्दैन ।

रेशम चौधरी

थारु एन्ड फ्रेन्ड्स एशोसिएश (टीएफए)ले मेधावी थारु विद्यार्थीहरुको लागि छात्रवृत्ति आह्वान गरेको छ। प्राइमरी, सेकेन्डरी र स्नातक तहका लागि छात्रवृत्ति आह्वान गरिएको अमेरिकीबासी थारुहरुको संस्था टीएफएले जनाएको छ। नेपालमा बस्ने सबै योग्य विद्यार्थीले उक्त छात्रवृत्तिका लागि निवेदन दिन सक्नेछन्।

थारुवान संबाददाता

एमालेको दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको पूर्सन्ध्यामा थारु नेता राजकुमार लेखीको चर्चा हुन थालिएको छ। गत असोज १४ गते लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका लेखीले एमाले विधान महाधिवेशनमै गत १७ असोजमा एमाले प्रवेश गरेका थिए।

थारुवान संबाददाता

उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीका छोराको खोलामा डुबेर शनिबार दिउँसो ज्यान गएको छ। साथीसँग पिकनिक खान चौदन्डीगढी नगरपालिका-१० पुगेका ३० वर्षीय मनोज चौधरीको स्थानीय देबधार खोलामा डुबेर ज्यान गयको हो।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभा (थाकस)ले नेपालमा जारी राष्ट्रिय जनगणनामा थारुहरुले धर्ममा बौद्ध लेख्न परिपत्र गरेपछि सामाजिक सञ्जालमा विरोध सुरु भएको छ। कतिपयले धर्म स्वेच्छिक हुनुपर्ने बताइरहेका छन् भने धेरैले थारुहरु प्रकृतिक पूजक हो भनी थाकसको विरोध गरिरहेका छन्। आखिर किन थाकसले थारुहरु बौद्ध धर्म मान्छन् भनी परिपत्र गर्‍यो?

थारुवान संबाददाता

पत्रकार मदन चौधरीलाई दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ। दिलिप स्मृति प्रतिष्ठानले सप्तरीको सप्तकोशी नगरपालिकाको गंगाजलीमा आयोजना गरेको कार्यक्रममा पत्रकार चौधरीलाई ११ हजार रुपैयाँ राशि रहेको सो पुरस्कारबाट सम्मान गरिएको हो। नेकपा एमालेका सचेतक शान्ता चौधरी र प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले नगद र प्रमाणपत्र हस्तान्तरण गरेका थिए।...

थारुवान संबाददाता

सेतो रङ्गलाई प्राकृतिक रङ भन्ने गरिन्छ । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृतिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृतिम अन्य रङले रङ्गाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई पनि बहुरङ्गी...

लक्की चौधरी

नेपालीको महान चाड दशैं सबैको घरघरमा भित्रिसकेको छ । सबै जातजातिले यो पर्वलाई १५ दिनसम्म धुमधामका साथ मनाउने गर्छन् । यस लामो चाडलाई थारु जातिले भने “डश्या” भनी आफ्नै परम्पराअनुसार मनाउने गर्छन् ।

दिप्तीशिखा चौधरी

थारु आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरेको छ। थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले राष्ट्रपति समक्ष आयोगको प्रतिवेदन पेश गरेका हुन्। प्रतिवेदनमा थारु आयोगले वर्षभरि गरेका कार्यहरु र सरकारलाई गरेका विभिन्न सिफारिसहरु उल्लेख छ।

थारुवान संबाददाता
1 19 20 21 22 23 29