पूर्वाञ्चल विश्वविद्यालयको पठनपाठन ठप्प
विराटनगर- विभिन्न समूहको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यलयको दैनिक कार्य एवम् पठनपाठन ठप्प भएको छ। विश्वविद्यालयले आफूहरूमध्येबाटै रजिस्ट्रार नियुक्त गर्नुपर्ने माग गर्दै प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले लगाएको तालामाथि नेपाल विद्यार्थी सङ्घले थप अर्को तला लगाएको छ।
विश्वविद्यालयकै प्राध्यापक र कर्मचारीमध्येबाट रजिस्ट्रार नियुक्त गर्नुपर्ने माग गर्दै विगत चार दिन अगाडिदेखि रजिस्ट्रारको कार्याकक्षमा तालाबन्दी गरिएको हो। कर्मचारी तथा प्राध्यापकले सुरु गरेको आन्दोलनप्रति समर्थन जनाउँदै नेपाल विद्यार्थी सङ्घले समेत ताला लगाएको छ।
विद्यार्थी सङ्घले उपकुलपतिको कार्यालयसहित विश्वविद्यालयका सम्पूर्ण विभागमा तालाबन्दी गरेकाले विद्यालयको कामकाज ठप्प भएको छ। तालाबन्दीका कारण विश्वविद्यालयको विराटनगरस्थित तीनवटै आङ्गिक क्याम्पसको पठनपाठनसमेत अवरुद्ध भएको छ।
निवर्तमान रजिस्ट्रार राजकुमार ठाकुरको पदावधि शुक्रबार सकिएपछि विश्वविद्यालयबाट नयाँ रजिस्ट्रार नियुक्त गराउन दबाबस्वरूप उक्त तालाबन्दी सुरु गरिएको हो। रासस
Facebook Comment