तीन किलो बेवारिसे सुन बरामद
चौतारा- नेपाल चीनको सीमानाका मितेरी पुलको प्रवेशद्वारमा आज बिहान प्रहरीले तीन केजी सुन बेवारिसे अवस्थामा फेला पारेको छ। सशस्त्र प्रहरीको भन्सार चेकपोष्टले उक्त सुन बेवारिसे अवस्थामा बिहान ११ बजे बेवारिसे अवस्थामा फेला पारेको हो। बरामद गरिएको सुन तातोपानी भन्सार कार्यालयमा आजै बुझाइएको प्रहरीले जनाएको छ।
बिहानको समयमा अत्यधिक भीडभाड हुने सो नाकामा भन्सार छल्न नसकेपछि कसैले फालेको हुन सक्ने सशस्त्र प्रहरी सीमा सुरक्षा बेस लामोसाँघुका प्रहरी उपरीक्षक कमलराज गिरीले बताए। रासस
Facebook Comment