कमलरी प्रथा उन्मुलन संघर्ष समितिले सिंहदरवार घेर्ने
सन्तोष दहित, नेपालगञ्ज- कमलरी प्रथा उन्मुलन संयुक्त संघर्ष समितिले दोस्र चरणको आन्दोलन गर्ने भएको छ। समितिका सहसंयोजक उर्मिला चौधरीको अध्यक्षतामा बसेको बैठकले विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ। बैठकपछि प्रेस विज्ञप्ती जारी गर्दै संघर्ष समितिले सिंहदरवारको पश्चिम गेटमा धर्ना दिने जनाएको छ। धर्ना दिएको ३ दिनपछि पनि माग सम्बोधन नभए जेठ १७ गतेदेखि पश्चिम तराईका पाँच जिल्लाका प्रशासनिक कार्यालय अगाडि धर्ना सुरु गर्ने, त्यति गर्दा पनि माग सम्बोधन नगरिए जेठ २१ गतेदेखि तराईका २२ जिल्लामा अनिश्चितकालीन बन्द गर्ने लगायत चेतावनी संघर्ष समितिले दिएको छ।समितिले मृतक सृजना चौधरी र मृतक मेघी चौधरीका मालिक युवराज पौडेल, शंकर अधिकारी र बालकृष्ण शाहलाई कर्तव्य ज्यानमा र सृजनाको ओसार पसारमा संलग्न लालमणि शर्मा, पार्वती गिरी युवराज पौडेललाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही गर्नलगायतका माग गरेको छ।
Facebook Comment