बाबुको हत्या आरोपमा छोरा पक्राउ
रौतहट- रौतहटको लक्ष्मीनियाँ गाविस–२ विजयपुर टोलमा गएराति छोराको कुटाइबाट एक वृद्धको मृत्यु भएको छ। सत्तरी वर्षीय सुकदेव दास तत्माको गएराति कुटपिटको कारण ज्यान गएको प्रहरीले जनाएको छ। घरायसी विवादका क्रममा २८ वर्षीय छोरा वीरेन्द्रदास तत्माले बाबु सुकदेवलाई निर्घात कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर चोट लागे पछि बेहोस भएका वृद्धको राति नै मृत्यु भएको बताइएको छ। स्थानीयवासीले पनि राति बाबु छोराबीच झगडा परेको बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लक्ष्मीनियाँका प्रहरी निरीक्षक जीवन गिरीले बताए। रासस
Facebook Comment