थाकसमा २१ सदस्यीय सल्लाहकार समिति
रौतहट- थारु कल्याणकारिणी सभा (थाकस)को केन्द्रीय सचिवालय बैठकले २१ जना केन्द्रीय सल्लाहकार समिति बनाएको छ। जसमा थाकसका पूर्व अध्यक्ष, थारु अगुवा र नेताहरु रहेका छन्। सोमबार रौतहटको चन्द्रनिगाहपुरमा बसेको बैठकले पूर्व अध्यक्षहरु रामधिन चौधरी, नरेन्द्र चौधरी, अस्टभुजा चौधरी, चन्द्रकुमार चौधरीलाई सल्लाहकार समितिमा राखेको छ।
त्यस्तै बैठकले पद्मनारायण चौधरी, उमाकानत चौधरी, महेश चौधरी, नागेन्द्र चौधरी, मानपुर चौधरी, वैजनाथ चौधरी, बलदेव चौधरी, उदयनारायण चौधरी, रामचन्द्र चौधरी, रुपनारायण चौधरी, भक्तिलाल माझी, सुकदैया चौधरी, शान्ता चौधरी, कैँया चौधरी, रामकुमार थारु, कौसल्या चौधरी र रुद्र नारायण चौधरी छन्।
त्यस्तै बैठकले २१औं महाधिवेशनबाट पारित २१ बुँदे घोषणा पत्र प्रधानमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई ज्ञापन पत्रको रुपमा बुझाउने निर्णय गरेको छ। नवनिर्वाचित अध्यक्ष धनिराम चौधरीका अनुसार मंगलबारै प्रधानमन्त्री र सभामुखलाई सो घोषणा पत्र बुझाइने छ।
Facebook Comment