थारु सङ्हाति ब्यान्डको प्रस्तुतिका लागि अनलाइन टिकट खुला
ललितपुरमा आयोजना हुने थारु सङ्हाति ब्यान्डको प्रस्तुतिका लागि अनलाइन टिकट खुलाइएको छ। आयोजकले इसेवामार्फत सामान्य र भीआइपीतर्फ टिकट खुलाएको हो।
ब्यान्डका प्रमुख गायकसमेत रहेका आरके थारूका अनुसार सामान्यतर्फ ७५० र भीआइपीतर्फ १२५० रुपैयाँ टिकट तोकिएको छ। टिकट सीमित भएले आफ्नो भाग सुरक्षित गर्न ब्यान्डले अपील गरेको छ।
थारु सङ्हाति ब्यान्डले जेठ १६ गते ललितपुरको मोक्ष रेस्टुरेन्टमा लाइभ प्रस्तुति दिँदैछ। ब्यान्डले पहिलोपटक काठमाडौं उपत्यकामा लाइभ प्रस्तुत दिन लागेको हो। यसअघि यही ब्यान्डले चितवनको खिचरा महोत्सवमा आफ्नो प्रस्तुती दिएको थियो।

Facebook Comment