महाकालीमा बेपत्ता भएका थिए सशस्त्रका असई सागरराज थारू, भेटियो शव

महाकालीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका असई ५ दिनपछि मृत भेटिएका छन्। कञ्चनपुरका कार्यरत २६ वर्षीय सागरराज थारू बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेकबहादुर रावतले जानकारी दिए।

बाढीले क्षति पुर्‍याएको टेलिकमको तार तान्ने क्रममा उनी शनिबार महाकालीमा खसेर बेपत्ता भएका थिए। ५ दिनपछि झोलुंगे पुलको क्षतिग्रस्त ताल जालीमा अड्किएको अवस्थामा शव फेला परेको डिएसपी रावतले जानकारी दिए।

मध्य असोजमा महाकाली नदी माथि निर्मित यो दोधारा –चाँदनी जोड्ने झोलुंगे पुलको एकातर्फको पिलरको भागमा बाढीले क्षति पुर्‍याएपछि पुलको भाग बीचबाटै चुँडिएर नदीमा खसेको थियो।

पुलमा क्षति पुगेपछि नेपाल टेलिकमको इन्टरनेट तार पनि चुँडिएको थियो। सोही चुँडिएको तार पुन जोड्नका लागि सशस्त्रको टोली डुंगामा बसेर तार तानिरहेको थियो। तार तान्ने क्रममा सन्तुलन खलबलिएर सई थारू महाकालीमा खसेर बेपत्ता भएका थिए।

सशस्त्र प्रहरीको गोताखोरसहित उनको खोजी हुँदै आएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *