कांग्रेसमा एक पदाधिकारीसहिति ८ जना थारू केन्द्रीय कार्यसमितिमा निर्वाचित
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट एक पदाधिकारीसहित ८ जना थारूहरू केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका छन्। पार्टी कार्यालयमा भएको अन्तिम मतगणनामा सातजना थारू कोटा र एक जना प्रजातन्त्र सेनानीतर्फ निर्वाचित भएका हुन्।
निर्वाचित हुनेमा सहमहामन्त्रीमा योगेन्द्र चौधरी रहेका छन्। उनले ३४८७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी तेजुलाल चौधरीले १९७० र सुरेन्द्र चौधरीले १३८२ मत ल्याए।
त्यस्तै महिलातर्फ डा. जीवन राना र प्रतिनिधिसभा सदस्यसमेत रहेकी डा. प्रमिला गच्छदार निर्वाचित भए। उनीहरूले क्रमशः ४४३१ र ४०४५ मत ल्याए। महिलातर्फ सुनिता कुमारी राना, कल्पना चौधरी, सुशीला कुमारी चचौधरी, नवोदिता चद्वौधरी र नमिताकुमारी चौधरी गरी ७ जनाले उम्मेदवारी दिएका थिए।
त्यस्तै पुरुषतर्फ डा. भोगेन्द्र प्रसाद चौधरी, जनकराज चौधरी, वेदनारायण गच्छदार र साजकुमार महतो विजयी भए। उनीहरूले क्रमशः ३६६१, ३३०८, ३१७१ र २६३८ मत ल्याए। पुरुषतर्फ गोपाल पजियार थारु, छविलाल थारु, रामकृष्ण चचौधरी, महेशप्रसाद चौधरी, राम समझ चौधरी र प्रभात कुमार चौधरी गरी १० जनाले उम्मेदवारी दिएका थिए।
त्यस्तै प्रजातन्त्र सेनानीबाट सत्यनारायण माझी थारू निर्वाचित भए। उनले १४५९ मत ल्याएका छन्।
Facebook Comment