सरकारलाई थाकसले भन्यो- स्वर्गद्वारी गुठीपीडित थारूको माग पूरा गर
थारू कल्याणकारिणी सभा (थाकस)ले स्वर्गद्वारी गुठीपीडितको माग सुनेनसुझै गर्नू सरकारको गैरजिम्मेवारीपन र लाचारीपन भएको बताएको छ। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कल्यानकारी सभाका अध्यक्ष प्रेमीलाल प्रसाद चौधरीले आइतबारदेखि स्वर्गद्वारी गुठीपीडितले लामो समयदेखि आफ्नो अधिकार माग गरिरहेको तर सरकारले गैरजिम्मेवारीपन देखाएको बताएका छन्।
उनले पीडितहरुले गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सरकारलाई उनीहरुको जायज माग पूरा गर्नका लागि आग्रह गरेका छन्। ‘स्वर्गद्धारी गुठी पीडित मोही किसान संघर्ष समितिसँग सरकारले गरेको २ बुँदे सहमती सम्झौता समेत कार्यान्वयन नगरी जिम्मेवारीबाट पन्छिरहेको छ। आफ्ना देशका नागरिकहरुले उठाउदै आएको जायज एवं न्याय संगत माग मुद्दा, सवालप्रति सरकार रत्तिभर पनि संवेदनशील नहुनु भनेको लाचारीपन एवं गैरजिम्मेवारी कार्यको पराकाष्ठा हो’, विज्ञप्तिमा भनिएको छ।

Facebook Comment