रवि र बालेनबीच फाटो ल्याउने सपना नदेखे हुन्छ : सहप्रवक्ता सुरेन्द्र चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच फाटो ल्याउने प्रयास नगर्न चेतावनी दिएका छन्।

उनले पार्टीले सरकारको काममा हस्तक्षेप नगर्ने स्पष्ट पार्दै सरकारका कामकारबाहीमा कमजोरी देखिए औँल्याउनु हस्तक्षेप नभई अपनत्व ग्रहण गरेको बताएका छन्। उनले पार्टी सभापति र प्रधानमन्त्रीबीच फाटो ल्याएर खेल्ने सपना कसैले नदेखे हुने बताए।

‘पार्टी सभापति र प्रधानमन्त्रीबीच फाटो ल्याएर खेलौंला भनेर कसैले नसोचे हुन् । सरकारको निर्णयमा कहाँ इन्भल्ब हुने, कहाँ इंगेज हुने कुरा पार्टी र सरकारलाई सिकाइराख्नु पर्दैन,’ उनले भने।

उनका अनुसार कसलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाउने, कसलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने वा कसलाई कहाँ सरुवा गर्ने भन्ने विषय सरकारको कार्यक्षेत्र हो। तर, सरकारका कुनै निर्णयमा कमजोरी देखिए पार्टीले त्यसबारे सोध्ने, जानकारी लिने र आवश्यक परे निर्णय सच्याउन निर्देशन दिने अधिकार राख्ने उनले बताए।

पार्टीको यो भूमिकालाई सरकार र पार्टीबीचको विवादका रूपमा बुझ्नु गलत हुने उनको भनाइ छ। पार्टीको अधिकारसँगै सरकारका कामकारबाहीप्रति जिम्मेवारी र दायित्व पनि जोडिएको चौधरीले उल्लेख गरेका छन्।

सरकार र पार्टीबीचको सम्बन्धमा ‘संलग्नता’ र ‘हस्तक्षेप’ फरक विषय भएको उल्लेख गर्दै उनले यी दुईबीचको भिन्नता नबुझी आफ्नो अनुकूल व्याख्या गर्नेहरूबाट गलत अर्थ लगाइएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *