थारू महिला समाजको अध्यक्षमा अनिता चौधरी निर्वाचित
थारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी निर्वाचित भएकी छन्। शनिबार आयोजित छैठों राष्ट्रिय महाधिवेशनबाट थारू महिला समाज नेपालको अध्यक्षमा अनिता चौधरी निर्वाचित भएकी हुन्। त्यस्तै उपाध्यक्षङ्गा इन्दु चौधरी निर्वाचित भएकी छन् भने महासचिवमा मायाकुमारी चौधरी निर्वाचित भएकी छन्। त्यस्तै सचिवमा सरला चौधरी र कोषाध्यक्षमा चिन्तामणि चौधरी निर्वाचित भए।
त्यस्तै केन्द्रीय सदस्यहरूमा बन्दना चौधरी, सुशीला चौधरी, सीता चौधरी, सविता चौधरी, शशि कुमारी चौधरी,बबिता चौधरी, पिंकी कुमारी चौधरी र सुशिला कुमारी चौधरी निर्वाचित भए।
उनीहरूलाई शनिबार नै पद तथा गोपनीयताको शपथ निर्वाचन अधिकृत एवं अधिवक्ता सोनु थारूले गराइएकी थिइन्। कार्यक्रममा थारू महिला समाज नेपालको निवर्तमान अध्यक्ष गीता चौधरीको विदाइ गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि रहेका थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारू महिलाहरू अब थप सशक्तीकरणमा जोड दिनुपर्ने बताए। उनले भने, ‘अहिले थारू महिलाहरू थप जागृत र सशक्त भएर अगाडी बढ्नु जरूरी छ।’ समाजमा विकृति र विसंगती बढिरहेको भन्दै यसको लागि सचेना कक्षा चलाउनु जरूरी रहेको उनकव भनाइ थियो।
Facebook Comment