जनमतसँग पार्टी एकता गर्न नाउपाले बोलायो केन्द्रीय समिति बैठक
जनमत पार्टीसँग एकता हुनुअघि नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले वैशाख १५ बैठक बोलाएकी हुन्। बैठकको दुई दिनपछि वैशाख १७ गते सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता हुनेछ।
अध्यक्ष श्रेष्ठले विज्ञप्ति जारी गर्दै १७ गते जनमत पार्टीसँग एकता हुने भएकाले १५ गते उक्त विषयमा छलफल हुने उल्लेख गरेकी छन्। केन्द्रीय सदस्यहरूलाई मतदाता परिचयपत्र र नागरिकता ल्याउन भनिएको छ। वैशाख १५ गतेको केन्द्रीय समिति बैठकले पार्टी एकताको निर्णय गर्ने र सोहीअनुसार १७ गते पार्टी एकता गर्ने नागरिक उन्मुक्ति पार्टीले अन्तिम तयारी गरेको छ।
नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी एकतापछिको पार्टीमा पनि संरक्षक रहनेछन्। सीके रावत अध्यक्ष रहने र रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने गरी सहमतिको खाका बनाइएको छ। चुनाव चिन्ह ढकिया र पार्टीको नाम नागरिक जनमत पार्टी राख्ने गरी छलफल अन्तिम चरणमा पुर्याइएको छ। एकताको लागि ९ बुँदे सहमतिको खाका बनाइएको छ। १७ गते उक्त पत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरिने नागरिक उन्मुक्ति पार्टीले जनाएको छ।

Facebook Comment