नेविसंघ थारू विद्यार्थी विभागको संयोजकमा दिनेश चौधरी मनोनीत

नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेवि संघ)ले थारू विद्यार्थी विभागको संयोजकमा दिनेश चौधरीलाई मनोनीत गरेको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले चौधरीलाई उक्त जिम्मेवारी दिएका हुन्।

नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ भाग ८ धारा २७ बमोजिम चौधरीलाई थारू विद्यार्थी विभागको संयोजकमा मनोनयन गरिएको अध्यक्ष शेर्पाद्वारा जारी पत्रमा भनिएको छ।

बर्दिया राजापुरका स्थायी बासिन्दा चौधरीलाई विद्यार्थी नेता एवं थरुहट अभियन्ताका रूपमा पनि चिन्छन्। उनी थारू विद्यार्थी समाजको उपाध्यक्ष पनि हुन्। हालै नवलपुरमा सम्पन्न थारू विद्यार्थी समाजको महाधिवेशनले चौधरीलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेको थियो।

उनी थारू समुदायका माग मुद्दाका सबालमा सधैं अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्दै आएका छन्। थारु सांस्कृतिक तथा राजनीतिक अभियानलाई नजिकबाट नियाल्ने चौधरीले काठमाडौं केन्द्रित थरुहट मुभमेन्टमा पनि सक्रिय रहँदै आएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *