सुदूरपश्चिममा रेशम पक्षको चाहना- नयाँलाई मन्त्रीको जिम्मेवारी

नागगरिक उन्मक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेकी छन्। उनले सुदूरपश्चिम संसदीय दलको निर्णयबमोजिम संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सुदूरपश्चिम प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रीमा सिफारिस गर्न निर्देशन दिएकी हुन्।

यस विषयमा पार्टी संरक्षक रेशम चौधरी पक्षले भने आपत्ति जनाएको छ। एउटै व्यक्तिलाई पटक-पटक मन्त्रीको जिम्मेवारी दिन नहुने रेशम पक्षको भनाइ छ। मन्त्री नभएका सांसदलाई मन्त्रालयमा पठाउनुपर्ने रेशम पक्षको तर्क छ।
‘एउटै मान्छेलाई पटक-पटक मन्त्री बनाउने पक्षमा हामी छैनौं। नभएका साथीलाई मन्त्रालयमा पठाउनुपर्छ। त्यसै पनि त्यो अधिकार पार्टी अध्यक्षभन्दा संसदीय दलको नेतालाई हुन्छ। अब संसदीय दलको नेताले के गर्नुहुन्छ, त्यो थाहा छैन,’ रेशम पक्षका एक नेताले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *