रेशम चौधरी र सीके राउत आ-आफ्नो पार्टीको कार्यक्रममा व्यस्त हुनुहुन्छ : रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच छलफल भएपछिमात्रै एकता प्रक्रिया अघि बढ्ने बताएकी छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले रेशम चौधरी र सीके राउत आ-आफ्नै पार्टीका कार्यक्रममा व्यस्त रहेकाले छलफल हुन नसकेको भन्दै दुई नेताबीच छलफल भएपछि मात्रै एकता प्रक्रिया अघि बढ्ने बताइन्।

एकताका विषयमा दुई पार्टीबीच कुनै विवाद नरहेको उनको भनाइ छ। उनले पार्टी एकतापछि चौधरी संरक्षक, राउत अध्यक्ष र आफु सह-अध्यक्षको भूमिकामा रहने यसअघि नै सहमति भइरहको उल्लेख गरे। उनले वैशाख १७ गते रेशम चौधरी पक्राउको घटना र आफ्नो स्वास्थ्य अवस्थाले पनि एकतामा केही ढिलाइ भएको बताइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *