न्यायाधीश खुसीप्रसाद थारुलाई कालोमोसो छ्यापियो, तीन जना पक्राउ
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुलाई नेकपा बहुमतले कालो मसी छ्यापेको छ। बिहीबार न्यायाधीश थारूको अदालतभित्र चेम्बरमा बहुमतका नेताहरूले थारूलाई कालो मसी छ्यापेका हुन्।
जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका नेपाली कांग्रेसका नेता अफताब आलमलाई गएको जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो।
यसैबीच कालो मसी छ्यापेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ। नेकपा बहुमतमा आबद्ध तीन जनालाई नियन्त्रणमा लिइएको हो। वीरगन्जस्थित उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश थारुलाई बिहीबार आरोपीहरूले चेम्बरमा बसिरहेको अवस्थामा कालो मसी छ्यापेका हुन्।
अस्ति कैलालीमा थारु जनप्रतिनिधिलाई पनि यसरी नै कथित ने क पा बहुमतले कालो मसी प्रहार गरेको थियोे र अस्ज फेरि थारु जज माथी त्यस्तै घटना घटाइएको छ । यो थारु हेपाहा प्रबृती भएन ?