न्याय सेवाअन्तर्गत थारू समुदायका तीन अधिकृतको सरुवा

न्याया सेवाअन्तर्गत थारू समुदायका तीन अधिकृतको सरुवा भएको छ। न्याय सेवा आयोगको आइतबार बसेको बैठकले उनीहरूको सुरुवा गरेको हो।

आयोगले धनुषा जिल्ला अदालतका इजलास अधिकृत प्रेक्षा चौधरीलाई उच्च अदालत पाटनमा, सहायक न्यायाधिवक्त रविशंकर चौधरीलाई कर्णालीबाट मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेशमा र सहायक जिल्ला न्यायाधिवक्ता भानु चौधरीलाई मुख्य न्यायाधिवक्ताको कार्यालय सुदूरपश्चिम प्रदेश सरुवा गरिएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *