थारू विद्यार्थी समाजको केन्द्रीय समितिमा एकैपटक  १० जना मनोनीत

थारू विद्यार्थी समाजले एकैपटक १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेको छ। भर्चुअल माध्यमबाट सम्मन्न केन्द्रीय समितिको बैठकले विभिन्न जिल्लाका १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेको हो।

मनोनीत हुनेमा उदयपुरका उदय नारायण चौधरी, बाराका समोज चौधरी र समिर चौधरी, रौतहटका श्यामलाल चौधरी, सप्तरीका मधुसुधन चौधरी, कञ्चनपुरका इन्द्र चौधरी, मोरङकी अंकिता विश्वास, कैलालीकी एन्जिला चौधरी, दाङकी सृष्टि दहित र बर्दियाकी निलम थारू रहेका छन्।

केही समयअघि समाजका केही पदाधिकारीसहितका सदस्यहरूले राजीनामा दिएका थिए। रिक्त रहेको पद र विधानअनुसार मनोनीत हुने प्रावधानअनुसार १० जनालाई मनोनीत गरिएको समाजले जानकारी दिएको छ।

‘तपाईंहरूको नेतृत्वमा थारू समुदायको शैक्षिक, सांस्कृतिक र सामाजिक पहिचानलाई अझ मजबुत बनाउने कार्यहरू अघि बढ्नेछ भन्ने विश्वास लिएका छौं। नयाँ समितिको कार्यकाल दूरदृष्टिपूर्ण, समावेशी र प्रेरणादायक होस् भन्ने कामना गर्दछौं। एकता, सहकार्य र निष्ठाको बलमा संगठन अझ सशक्त बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं,’ मनोनीत पत्रमा भनिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *