दीपेन्द्र पंजियार थारू एसपीमा बढुवाका लागि सिफारिस

गृह मन्त्रालयले १३ जनालाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा र ११ जनालाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ। सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।

बढुवामा सिफारिसमा पर्नेमा दुई जना थारू समुदायका रहेका छन्। नेपाल प्रहरी प्रदेश कार्यालयको कार्यालयको केन्द्रीय अनुसन्धान इकाइ सुर्खेत (नेपालगञ्ज बाँके)का इन्सपेक्टर होमप्रकाश चौधरीलाई डीएसपीमा बढुवा गरिएको छ भने बागमती प्रदेश प्रहरी तालिम केन्द्र दूधौली सिन्धुलीमा रहेका डीएसपी दीपेन्द्र पंजियार थारुलाई एसपी बढुवाका लागि सिफारिस गरिएको छ।

त्यस्तै डीएसपीमा बढुवाका लागि सिफारिस हुनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा कार्यरत बसन्त गौतम, प्रहरी प्रधान कार्यालय अनुसन्धान विभाग नक्सालमा कार्यरत पञ्चलाल गोले, विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई रामशाहपथ काठमाडौंमा कार्यरत अनिल पण्डित रहेका छन्। डीएसपीमा बढुवा भएका थप इन्सपेक्टरहरुमा उपत्यका प्रहरी कार्यालय आर्थिक प्रशासन शाखा काठमाडौंमा कार्यरत प्रकाश थापा, साइबर ब्युरो टेकु काठमाडौंमा कार्यरत दिलिप क्षेत्री, कोशी प्रदेश प्रहरी कार्यालय मोरङमा कार्यरत शेखरजंग मल्ल रहेका छन्।

त्यस्तै एसपीमा बढुवाका लागि सिफारिस हुनेमा अनिलकुमार खड्का, महेश थापा, महेन्द्र नेपाल, रुपक खड्का, प्रेम सागर केसी रहेका छन्। त्यस्तै डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दिपक खड्का रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *