काठमाडौंमा कांग्रेसको भातृसंस्था नेपाल थारू संघ गठन, अध्यक्ष बने राजिव चौधरी
नेपाल थारू संघ काठमाडौं जिल्लाको अध्यक्षमा राजिव चौधरी निर्वाचित भएका छन्। बुधबार काठमाडौं सम्पन्न भएको जिल्लाको प्रथम अधिवेशनबाट राजिव चौधरी अध्यक्षमा निर्वाचित भएका हुन्।
त्यस्तै संघको उपाध्यक्षमा प्रीति चौधरी, सचिवमा सतिस चौधरी, सह सचिवमा मुना चौधरी र कोषाध्यक्षमा राम बाबु पनुहर चौधरी सर्वसम्मत निर्वाचित भए। सदस्यमा सुमिना चौधरी, रञ्जना चौधरी, पूजा चौधरी, रमिका चौधरी, शृष्टि चौधरी,जोनिस चौधरी, सीमा चौधरी,सुजित चौधरी सर्वसम्मतिले चयन भए।
त्यस्तै छन्नुप्रसाद चौधरी, प्रियंका चौधरी, श्रवण कुमार चौधरी, आयुस चौधरी, विकल्प थारू, सुदिप चौधरी, कल्पना चौधरी, रामदेव चौधरी निर्वाचित भए भने रेनुका चौधरी, मन्दिरा चौधरीलाई अध्यक्षले मनोनित गरे।
कार्यक्रममा कांग्रेस महाधिवेशन निर्देशक समिति संयोजक उदयशमशेर राणाले थारू अब देशभरबाट जाग्नुपर्ने बेला आएको बताए। उनले थारूहरु नराइका किसान र इमानदारीपूर्वक काम गर्ने पौरख गर्ने कर्मठ समुदाय भएको भन्न पाउँदा गर्व लागेको बताए। कांग्रेस केन्द्रीय सदस्य एवं थारु विभागका संयोजक योगेन्द्र चौधरीले थारूलाई अब पनि सदनदेखि सडकमा साथ दिने कांग्रेस नै रहेको दाबी गरे।
Facebook Comment