माननीयले नै तालाबन्दी गरेपछि थारू आयोगमा पुग्यो प्रहरी

थारू आयोगमा दुई जना पदाधिकारीबीच लफडा भएको छ। कार्यवाहक अध्यक्ष सुबोध सिंह थारू र सदस्य शान्ति मोदीबीच लफडा सुरू भएको हो। हाजिरीको विषयमा उनीहरूबीच द्वन्द्व सुरू भएको हो।

कावा अध्यक्ष सुबोधले जानकारी बिना महिनौं बेपत्ता भएपछि सदस्य मोदीसँग सोधपुछ गरेका थिए। तर, बिदाको समयमा पनि सदस्‍य मोदीले हाजिरी गर्न खोजेको कावा अध्यक्षको आरोप छ।

‘हप्ता दिनको बिदा बसेर उहाँ महिनौं कार्यालयमा आउनु हुन्न। कहाँ कस्तो अवस्थामा हुनुहुन्छ भनेर खोज्ने जिम्मेवारी त आयोगको हो नि। हामीले पनि उहाँसँग निरन्तर सम्पर्क गर्न खोज्यौं। तर, उहाँ सम्पर्कमै आउनुभएन। अहिले बिदाको समयको पनि हाजिरी गर्न खोज्नुहुन्छ। त्यो त ऐन नियम र नियमावलीमा के छ हेर्नुपर्छ नि,’ थारुवानसँग कावा अध्यक्ष थारूले भने।

यसैबीच आइतबार सदस्य मोदीले कावा अध्यक्ष थारूलाई कार्यकक्षमै थुन्ने प्रयास गरेकी छन्। कार्यालयको कक्षमा रहेका बेला सदस्य मोदीले बाहिरबाट तालाबन्दी गरेपछि प्रहरीले नै हस्तक्षेप गर्न पुगेको थियो। प्रहरी आएर तालाबन्दी खोलिएको थारू आयोग प्रशासनले जानकारी दिएको छ।

सदस्य मोदीको उक्त हर्कत लज्जाको विषय रहेको कावा अध्यक्ष थारूले बताए। ‘उहाँले मनपरी गर्नुहुन्छ। जवाफ माग्दा उल्टै तालाबन्दीका नाममा गैरकानुनी काम गर्नुहुन्छ। उहाँले नियम, कानुनसम्मत चल्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ उनले भने।




One thought on “माननीयले नै तालाबन्दी गरेपछि थारू आयोगमा पुग्यो प्रहरी

  1. माननीय शान्ती मोदीले १ हप्ताको बिदा लिएको र थप बिदाको email समेत प्राप्त भएको स्वयं का.बा.अध्यक्ष माननीय शुबोधसिंह थारुजीको स्विकारोक्ती गरिसकेको अघिलो सामाचारमा हेरियो र गलत टपिक्स( हेडलाइन) किन ? भ्रामक र बदनियतपूर्ण सामाचारहरु सम्प्रेशण गर्नु कतिको न्यायपूर्ण हुन्छ??? बहॅाको बिदा नै बार्षिक झण्डै २ महिना रहेको छ , बहॅा १ महिना बिदा बस्न मिल्ने की नाई?! मा.मोदी स्बयं कानुनको बिध्यार्थी भएकोले बिदाको निवेदन पनि दिने अनि बिदाको दिन पनि हाजिरि गर्न खोज्ने जस्ता समाचार कति हास्यस्पदर भ्रामक छ?! आफै बिचार गर्ने हो, शान्तीले के गर्न हुछ के गर्नु हुन्न भने जानकार हुनुनहन्छ। यो सामाचार एकपक्षिय र अति भ्रामक र कपोकल्पित देखियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *