कानुनविपरीत हाजिरी गर्न नदिएपछि ताला लगाएकी हुँ : शान्ति मोदी

थारू आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोध सिंह थारूले कानुनविपरीत हाजिरी गर्न नदिएको आरोप लगाएकी छन्। निजी कामपछि बुधबारदेखि कार्यालयमा उपस्थित भइसक्दा पनि कावा अध्यक्ष थारूले हाजिरी गर्न रोक लगाएको उनको आरोप छ।

‘म बुधबारदेखि कार्यालय उपस्थित भइरहेकी छु। कार्यालय आएपछि मैले हाजिरी गर्न त पाउनुपर्‍यो। उहाँ को हो? मेरो हाजिरी रोक्ने?,’ सदस्य मोदीले प्रश्न गरिन्। हप्ता दिनको बिदा लिएर महिनौं आयोगमा उपस्थित नभएको भन्दै कावा अध्यक्ष थारूले विरोध जनाउँदै आएका छन्। तर, सदस्य मोदीले निजी कामका लागि कसैलाई जानकार गराइरहन नपर्ने बताइन्। ‘निजी कामका लागि मैले कसैलाई जानकारी गराइरहन पर्दैन। त्यो आयोगको प्रावधनमै छ। हामीले पाउन बिदाबाट त्यो कटौति हुन्छ नि,’ थारूवानसँग उनले भने।

कार्यालय उपस्थित हुँदा पनि तानाशाही प्रवृत्ति देखाएर हाजिरीमा बन्देज लगाएपछि मैले तालाबन्दी गरेको उनले स्वीकारिन्। ‘कार्यालय उपस्थित भएपछि मैले हाजिरी गर्न त पाउनुपर्‍यो। हाजिरी गर्न नदिएपछि मैले तालाबन्दी गरेको हुँ,’ उनले थपिन्। तालाबन्दी गर्न कावा अध्यक्ष थारू कार्यकक्षमै थुनिन पुगेका थिए। पछि प्रहरीले आएर ताला खुलाएको थियो।

यता कावा अध्यक्ष थरले आयोगलाई जानकारी नै नदिई महिनौं बेपत्ता भएपछि सदस्य मोदीसँग सोधपुछ गरेको बताए। ‘हप्ता दिनको बिदा बसेर उहाँ महिनौं कार्यालयमा आउनु हुन्न। कहाँ कस्तो अवस्थामा हुनुहुन्छ भनेर खोज्ने जिम्मेवारी त आयोगको हो नि। हामीले पनि उहाँसँग निरन्तर सम्पर्क गर्न खोज्यौं। तर, उहाँ सम्पर्कमै आउनुभएन। त्यो त ऐन नियम र नियमावलीमा के छ हेर्नुपर्छ नि,’ थारुवानसँग कावा अध्यक्ष थारूले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *