मोर्चालाई रेशम चौधरिको सुझाव- फेरि छुट्ने, फुट्ने प्रयत्न नगरौं
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले संघीय लोकतान्त्रिक मोर्चा अब विघटन हुनु नहुने बताएका छन्। आइतबार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अब ठोस निर्णय गरेर जनताका लागि संघीय लोकतान्त्रिक मोर्चा बनेको हो भन्ने सन्देश दिन जरूरी रहेको बताए।
उनले सबैतिरबाट लालच राख्यो भने लालचकै पोखरीमा डुब्नेबाहेक केही नहुने बताए। अवहेलनाका बीचमा कसरी सम्मानित हुने भन्ने सोच्नुपर्ने उनले बताए। पहिला आफू सच्चिने र जनताका लागि त्याग गर्न सकिन्छ कि सकिँदैन भन्ने सोच्न उनले आग्रह गरे। र्चाको नीति र सिद्धान्त एक बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
‘हामीले अब ढिलो गर्नुहुन्न। निर्णय लिएपछि ठोस निर्णय लिनुपर्छ। सबैतिरबाट लालच नै राख्यो भने लालचकै पोखरीमा डुब्छौं। अन्ततोगत्वा त्यसले हामीलाई मृत्यु मात्रै दिन्छ। हामी अब धेरै अपहेलित भइसक्यौं। मोर्चाका साथीहरूले विशेषतः सोच्नुपर्छ। हामी यो अवहेलनाका बीचमा सम्मानित कसरी हुने धेरै महत्त्वपूर्ण निर्णय गर्नुपर्छ। जनताले पत्याउने कसरी बन्ने त्यसमा अघि बढ्नुपर्छ। पहिला आफू सच्चिएर जनताका निम्ति त्याग गर्नुपर्छ। जिन्दगीभर जनतालाई न्याय दिन तयार छौँ कि छैनौँ यसको हेक्का राख्नुपर्छ। अब हुने चुनावमा पनि देखिन्छ कत्तिको जनताले पत्याउँछन्। धेरै पछि एउटै मोर्चामा हामी उनिएका छौं। अहिले जुटेका छौं। फेरि छुट्ने, फुट्ने प्रयत्न नगरौं। एक भएर अघि बढ्ने प्रयत्न गरौं,’ उनले भने।
Facebook Comment