कैलाली कारागार घटना : अकालमै ज्यान गुमाए भरत चौधरी, कम्तीमा ९ जना थारूहरू घाइते

कैलाली कारागारमा एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना पूर्णरूपले अझै साम्य हुन सकेको छैन । घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरूले सुरक्षाकर्मी र कारागार प्रशासनका कसैलाई पनि त्यहाँ प्रवेश गर्न दिएका छैनन् । सोही कारण कारागारभित्रको वास्तविक कुरा सार्वजनिक हुन सकेको छैन ।

मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीसँग कैदीबन्दीहरूले कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक(एसपी) बालनरसिंह राणा बाहेकका माथिल्लो तहका प्रतिनिधिलाई मात्र भेट दिने बताएका छन् । उनीहरूले गृह मन्त्रालय र कारागार व्यवस्था विभागका प्रतिनिधिसँग मात्र वार्ता गरेर आफ्ना माग राख्ने बताएको मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अहिलेसम्म सुरक्षाकर्मी प्रवेश गर्न नपाएको कुरा सत्य भएको बताए । दिउँसो मानव अधिकार आयोगको टोलीसँगै कारागारको निरीक्षणमा जाने तयारी रहेको उनले बताए । हमालले अहिले कैदीबन्दीका आफन्तहरूले भेट गरिरहेको जानकारी पाएको बताए ।

कैदीबन्दीहरूले कारागारभित्र भइरहेका समस्याका बारेमा पटक–पटक स्थानीय प्रशासनले वेवास्ता गरेको आरोप लगाएका छन् । १४ साउनमा कारागारमा रहेका ५९० जना कैदीबन्दीले मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र पठाउदै कारागारभित्र आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेका थिए ।

सोही पत्रका आधारमा आयोगले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, कारागार विभाग लगायतका निकायलाई पत्राचार गर्दै उचित सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको थियो । तर उक्त कुरालाई गम्भीर रूपमा नलिँदा शुक्रबार हिंसात्मक घटना हुन पुगेको मानव अधिकार आयोगको ठहर छ । उसले कारागारको सुरक्षा व्यवस्था फितलो रहेको जनाएको छ ।

शुक्रबार ब्लक ए मा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ब्लक बी मा रहेका कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । आक्रमणमा गरी धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना घाइते छन् । घाइतेहरूमध्ये गोदावरीका आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार जारी छ ।

अन्य घाइते सेती अस्पताल मातहतकै कोरोना विशेष अस्पतालमा राखेर उपचार भइरहेको छ । १५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ । कैलाली कारागारमा एक जनाको मृत्यु हुनेगरी भएको झडपबारे छानबिन गर्नका लागि छानबिन समिति बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति बनेको डीएसपी राज कुमार सिंहले जानकारी दिए ।

यी हुन् घाइतेहरू
१। जनक देउवा–धनगढी–५ कैलाली
२। रोशन शाही–धनगढी– ५ कैलाली
३। जीवन खत्री–गोदावरी नगरपालिका–९ कैलाली
४। नविन नाथ–गौरीगङ्गा–७ कैलाली
५। शरद चौधरी–धनगढी–५ कैलाली
६। नरेश राना–धनगढी–१३ कैलाली
७। वसन्त खत्री–धनगढी–८ कैलाली
८। रामनिवास राना–धनगढी–१० कैलाली
९। कर्ण सलामी मगर–मोहन्याल–३, कैलाली
१०। अभिषेक चौधरी–घोडाघोडी–५ कैलाली
११। धिरज बम–बर्दगोरिया गाउँपालिका–१ कैलाली
१२। मेकेन्द्र गिरी–त्रिवेणी नगरपालिका–८ बाजुरा
१३। रन्जित सिंह–लखिमपुर कवेरी, भारत
१४। निरज जैशी–जानकी गाउँपालिका–९ कैलाली
१५। जगदिश राना–धनगढी–१० कैलाली
१६। हिमाल राना–धनगढी–८ कैलाली
१७। बल राना–धनगढी–५ कैलानी
१८। हर्क गिरी–धनगढी–१८ कैलाली
१९। जनक भण्डारी–लम्कीचुहा–१० कैलाली
२०। किशोर खडायत–भिमदत्त–८ कञ्चनपुर
२१। अमित भुल–टीकापुर–१ कैलाली
२२। कल्पेश विष्ट–टीकापुर–१ कैलाली
२३। दीपक खत्री–गोदावरी–१० कैलाली
२४। दिनेश साउद–लम्कीचुहा–१ कैलाली
२५। रवि चौधरी–धनगढी–४ कैलाली
२६। अङ्कित बानियाँ–पालिनन्दन–१ नवलपरासी
२७। सिद्धार्थ बडेला–गोदावरी–९ कैलाली
२८। विवेक चौधरी–जोशीपुर–१ कैलाली
२९। मनिष चौधरी–कैलारी–८ कैलाली
३०। गौरब बम–शुक्लाफाँटा–८ कञ्चनपुर
३१। विवश चौधरी–घोडाघोडी–३ कैलाली
३२। शिव थापामगर–टीकापुर–१ कैलाली
३३। अर्जुन खड्का–धनगढी–१३ कैलाली
३४। पुष्पेन्द्र रानार–लखिमपुर खिरी वनगाउ भारत
३५। नरेन्द्र घरेडी–डिलासैनी गाउँपालिका–२ बैतडी
३६। देवेन्द्र सिंह–जानकी गाउँपालिका–२ कैलाली
३७। सन्जु दमाई–बर्दगोरीया–३ कैलाली
३८। वीरेन्द्र चौधरी–गोदावरी–१ कैलाली
३९। मानवीर चौधरी–धनगढी–८ कैलाली
४०। मिलन चन्द–धनगढी–५ कैलाली
४१। बीरबहादुर विष्ट
४२। आयुश भट्ट–गोदावरी–२ कैलाली
४३। एकेन्द्र भाट–धनगढी–६ कैलाली
४४। सुरेश राना–पुनर्वास–१ कञ्चनपुर
४५। पङ्कज चौधरी–धनगढी–२ कैलाली
४६। मिनबहादुर विष्ट–अमरगढी–४ डडेल्धुरा
४७। सुरेन्द्र बम–गोदावरी–८ कैलाली




Leave a Reply

Your email address will not be published. Required fields are marked *