थाविस उपत्यका समितिले फुटसल प्रतियोगिता गर्दै, विजेताले ७५ हजार पाउने

थारू विद्यार्थी समाज, उपत्यका समितिले फुटसल प्रतियोगिता गर्ने भएको छ। आगामी भदौ २८ र २९ गते थाविस उपत्यका समितिले फुटसल प्रतियोगिता गर्न लागेको हो।

थारू सुपर लिगको नाम दिइएको प्रतियोगिता विजेताले ७५ हजार ५ रुपैयाँ नगद पाउने आयोजकले जनाएको छ। त्यस्तै दोस्रो हुनेले ४० हजार ५ रुपैयाँ र तेस्रो हुनेले २० हजार ५ रुपैयाँ पाउनेछ।

त्यस्तै उत्कृष्ट खेलाडीले १५०५, उत्कृष्ट गोलकर्ताले १००५ र उत्कृष्ट गोलकिपरले १००५ रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा भाग लिने टोलीले भदौ २५ सम्म आयोजकलाई सम्पर्क गर्नुपर्ने आयोजकले जनाएको छ। त्यसका लागि विवेक, विमल र विकल्पलाई सम्पर्क गर्न सकिने थाविस उपत्यका समितिले जनाएको छ। टिमका लागि इन्ट्री फी ९ हजार तोकिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *